जनकपुरधाम, कात्तिक १९ गते । मिथिला र मैथिलीको विकासका लागि काम गर्ने धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट एमालेका प्रदेशसभा सदस्यका उम्मेदवार दिपेन्द्र ठाकुरले प्रतिबद्धता जनाएका छन ।
मैथिली साहित्य समाज जनकपुरधामद्वारा आयोजित मासिक कवि गोष्ठीलाई सम्बोधन गर्दै उम्मेदवार ठाकुरले मैथिली र मिथिलाको उत्थान र विकासका लागि सदैव तत्पर रहने भन्दै आफू सके जति काम गर्ने बताए ।
कुनै समयमा विद्या र वैभवको भूमिको रुपमा चिनिने मिथिला क्षेत्र अहिले पछाडी पर्दै गएकोमा चिन्ता समेत व्यक्त गरे । यहाँको भाषा संस्कृतिको विकासका लागि खासै कामहरु हुन नसकेकै कारण यो क्षेत्र पछाडी पर्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।
उनले भने ‘मुलुकमा विभिन्न परिवर्तनहरु भए तर ज्ञानभूमिको रुपमा यो क्षेत्र शिक्षामा पछाडी पर्दै गयो, पहिला हामी फस्र्ट बेन्चर थियौँ, विस्तारै विस्तारै हामी लास्ट बेन्चर भई सकेका छौँ ।’
यो अवस्थामा परिवर्तन ल्याउनका लागि साहित्यिक समाजले समेत अग्रसरता लिनुपर्नेमा उनको जोड थियो । उनले साहित्यले बेला बेलामा समाजलाई ऐना देखाउँछ फेरी समाजलाई ऐना र सही दिशा देखाउने समय आएको छ । उनले सक्षम र योग्य उम्मेदवारको छनौटका लागि समाजलाई ऐना देखाउन उनले आग्रह गरे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !