जनकपुरधाम, कार्तिक १९ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० र ११ का मतदाताहरूले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (२) का उम्मेद्वार परमेश्वर साहलाई आश्वासन दिएका छन ।
शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० र वडा नम्बर ११ घरदैलो गर्दै पुगेका प्रदेशसभा सदस्यका उम्मेदवार साहलाई मतदाताहरुले समर्थन र स्वागत गर्दै यस्ताे प्रतिबद्धता जनाएका हुन् ।
देश र प्रदेशकाे समृद्धिका पाँच दलीय सत्ता गठबन्धन उपयुक्त रहेकाे भन्दै लाेसपा उम्मेदवार परमेश्वर साहकाे पक्षमा मतदान गर्ने माहाैल बन्दै गएकाे घरदैलाेकाे क्रममा देखिएकाे लाेसपाका नेता कार्यकर्ताहरूले बताएका छन ।
अरु दलका उम्मेदवार भन्दा गठबन्धनका उम्मेदवारहरु जनता माझ रहदै आएकाले मतदाताले आफूहरुलाई रुचाईरहेको परमेश्वरले दावी गरे । उनले विगतमा आफु प्रदेशसभा सदस्य बन्दाका बेला जनभावना अनुसार नै काम गरेको स्मरण गराउदै यसपालि जनताले अवसर दिए जनताको चाहना र आवश्यकतालाई शीरोधार्य गरेर काम गर्ने वाचा पनि गरे ।
विगत पाँच वर्षको कार्यकालमा आफुले गरेका कामहरु जनताका सामु सर्वविदीतै रहेको भन्दै फेरि अवसर पाएमा विगतको भन्दा पनि उत्कृष्ट काम गर्ने प्रतिबद्धता मतदाताहरु सामु जनाए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !