जनकपुरधाम, कात्तिक ४ गते । प्रदेश भ्रष्टाचारको दलदलमा फसिरहेको समयमा जनताको आधारभूत आवश्यक्ता पनि पूर्ती हुन नसकेकाले सत्ता गठबन्धनको पक्षमा मत दिन धनुषा ३(ख)को प्रदेशसभा सदस्यका उम्मेदवार परमेश्वर साहले आग्रह गरेको छ ।
शुक्रवार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ मा घरदैलो कार्यक्रममा पुगेका धनुषा ३ (ख)का उम्मेदवार साहले मुलुकमा शिक्षा, स्वास्थ्य, रोजगारीको अवस्था दयनिय रहेको समयमा यसमा सुधार ल्याउनु नै प्रमुख लक्ष्य रहेको प्रतिबद्धता जनाए ।
जनताको आधारभूत आवश्यक्ता सहज रुपमा पूर्तीका लागि सत्ता गठबन्धनको पक्षमा मत दिन गर्दै उनले आफूले भ्रष्टाचार बिरुद्ध निरन्तर आवाज उठाएको र आउने दिनमा पनि उठाई रह्ने साहले अठोट व्यक्त गरे ।
त्यस्तै रोजगारी नपाएर युवाहरु हातमुख जोर्नकै लागि वैदेशिक रोजगारीका लागि पलायन भईरहेका छन्, शिक्षाको अवस्था कमजोर नै छ, महिला सशक्तिकरणकालागि खासै पहल भएको छैन यी यावत समस्याहरु समाधान गर्ने हाम्रो प्रमुख लक्ष्य रहेको उनले बताए । मधेस प्रदेशलाई विकसित प्रदेशको रुपमा विकास गर्नका लागि लोसपा र सत्ता गठबन्धनको पक्षमा मतदान गर्नका लागि मतदातासंग आग्रह गरे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !