जनकपुरधाम, असोज २८ गते । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा पनि सत्ता गठबन्धनमा विवाद चुलिएको छ । सत्ता गठबन्धनका कांग्रेसबाटै बागी उम्मेदवार उठेपछि गबन्धनका अधिकार उम्मेदवार लोसपाका परमेश्वर साहलाई असर पर्न सक्ने सम्भावना बढेको छ ।
सत्ता लोलुप्तामा परेर पार्टी नेतृत्वले गठबन्धनको नाममा ठगबन्धन गरेको आरोप कांग्रेसबाट बागी बनेका हरिशंकर साहले आरोप लगाएका छन । शुक्रवार उनले एक पत्रकार सम्मेलन आयोजना गरी पार्टी नेतृत्व वर्गले सत्ता लोलुप्तामा परेर हामी जस्ता कयौं कार्यकर्ताको राजनीतिक कैरियरसँग खेलवाड गर्दै गठबन्धनको नाममा ठगबन्धन गरेको भने ।
साहले भने कांग्रेस यस्तो सबल पार्टी हो आफ्नै बलबूतामा मधेशका जिल्लाहरुमा बढीभन्दा बढी सिट जित्न सक्थ्यो । तर कुनै वेश आधार नै भएका दल लोसपालाई गठबन्धनमा समावेश गरी आफ्नो अन्याय गरेकाले नेपाली कांग्रेसका साथीहरुको राय सुझावमा मैले स्वतन्त्रबाट उम्मेदवारी दिएको छु ।
तपाईको बागी उम्मेदवारीले गठबन्धनमाथि अविश्वासको प्रश्न उठन र कांग्रेस उम्मेदवारलाई समेत क्षति पुग्न सक्ने भन्ने प्रसंगमा उनले भने आफू स्वतन्त्र भइकेपछि कांग्रेससँग हाम्रो के सरोकार, गठबन्धन वा पार्टीलाई क्षति वा फाइदामा ।
साहको बागी उम्मेदवारीले असन्तुष्ट कांग्रेसको मत तानिए भने गठबन्धनबाट लोसपाका उम्मेदवार परमेश्वर साहलाई प्रभाव पार्ने निश्चित देखिन्छ । त्यसको असर क्षेत्र नम्बर (क) मा समेत कांग्रेसका उम्मेदवार रामसरोज यादवमा पर्ने जाने सम्भावना बढेको छ ।
यता सो क्षेत्रका गठबन्धनका उम्मेदवार परमेश्वर साहले भने ती बागी उम्मेदवारले हामीलाई कुनै असर पर्ने छैन । यदि गठबन्धनका कांग्रेसले बेइमानी गरयौ भने राजनीतिक एक दुईको कुरा हो, पछि हामी सरोकार राख्ने छैनौ भने बागीको असर हामीलाई मात्रै उनीहरुलाई पनि पर्ने हो । साहले थप्दै भने हरिशंकरको उम्मेदवारी बारे गठबन्धनका नेतृत्वकर्ता दल कांग्रेसका पदाधिकारीहरुलाई जानकारी गराई सकेका छौं, उनीहरुले हरिशंकरलाई पार्टीबाट निष्कासन गरिसकिएकोले कुनै असर पर्ने विश्वास दिलाएका छन ।
सत्ता गठबन्धनबाट सो क्षेत्रको प्रतिनिधि सभा सदस्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झा, प्रदेश सभा सदस्यतर्फ (क) बाट कांग्रेसका रामसरोज यादव र (ख) बाट लोसपाका परमेश्वर साह उम्मेदवार रहेका छन ।
बागी उम्मेदवार बनेका साह २०३६ सालमा जनकपुरधामस्थित राराब क्याम्पसबाट कांग्रेसका भातृ संगठन नेवि संघबाट राजनीतिक यात्रा शुरु गरेका हुन । साह २०३८ सालमा नेविसंघका सेक्सन सदस्य बनेका थिए भने नेविसंघबाटै २०४२ सालको सत्याग्रहका क्रममा ११ दिन प्रहरी हिरासतमा बसेका थिए ।
प्रजातन्त्र पुर्नस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनमा पनि सक्रिय सहभागिता जनाएका साह पार्टीको जिल्ला सदस्य हुँदै पछिल्लो पटक पार्टीको उपाध्यक्षमा समेत लडेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !