जनकपुरधाम, असोज २८ गते । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (ख) प्रदेश सभा सदस्यका एमालेबाट उम्मेदवार दिपेन्द्र ठाकुर घर दैलोमा व्यस्त देखिएका छन ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार जुली कुमारी महतोसंगै शुक्रवार जनकपुरधाम उपमहनगरपालिका वडा नम्बर ५ मा संयुक्त रुपमै गठबन्धनका लागि मतदाताहरुको घर घरमा गई मत मागेका छन ।
वडाको महावीर चौक हनुमान मन्दिर देखी उत्तरको क्षेत्रमा आज बिहानै देखी आफ्नो पार्टीका सयौं नेता कार्यकर्ताका साथ घर घर घुमेर दुइ हाथ जोड़ी भोट माँगेको दृश्य रोचक देखिएको थियो ।
जनकपुरको सहरी क्षेत्र एकदमै महत्वपूर्ण र बौद्धिक क्षेत्र भएको कारण नै विशेष प्राथमिकता दिएर आफूहरु घरदैलोलाई निरंतरता दिएको प्रदेश सभा सदश्यका उम्मेदवार दिपेन्द्र ठाकुर बताए ।
ठाकुरले भने, ’ हामी आफ्नो गठबन्धनका तिनै जना उम्मेदवार पालोपालो गरी धनुषा (क) र (ख) मा प्रतिनिधि सभा सदस्यका प्रतिनिधि सभा सदस्य उम्मेदवार जुली महतो संग समूहगत रूपमैं घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै आएका छौं ।
जनता हामीलाई आशीर्वाद सहित आंउदो निर्वाचनमा आफ्नो अमूल्य मत दिएर विजयी बनाउनेमा आफूहरु ढुक्क रहन विश्वास दिइरहेको ठाकुरले बताए । उनले भने ’हामी प्रचार–प्रसार देखी मतदाताको घर घर पुगेर उहाँहरूको आशीर्वाद ग्रहण गर्दै मतमाँगदै घुमि रहेका छौ । आफ्नो कर्म ईमानदारी पूर्वक गर्दै आईरहेकोले गर्दा चुनाव आफूहरुको पक्ष मै आउनेछ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !