Wednesday, August 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

धनुषामा मन्त्रीदेखि सांसदसम्मको उम्मेदवारी, कसले कहाँबाट गराए दर्ता


धनुषामा मन्त्रीदेखि सांसदसम्मको उम्मेदवारी, कसले कहाँबाट गराए दर्ता

जनकपुरधाम, असोज २३ गते । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि देशभर सहित धनुषाका विभिन्न क्षेत्रमा पनि पुर्वमन्त्री देखि सांसदसम्म प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराएका छन ।

धनुषाका प्रतिनिधि सभातर्फ ४ र प्रदेश सभातर्फ ८ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन र प्रतिपक्षी एमाले गठबन्धनको चुनावी तालमेल अनुसार उम्मेदवारहरुले सम्बन्धित निर्वाचन आयोग अधिकृतको कार्यालयमा विकासको पुरानै नारा लिएर उम्मेदवारी दर्ता गराएका हुन ।

क्षेत्र नम्बर ३ : मधेश प्रदेशका राजधानी समेत रहेका धनुषाको प्रभावशाली क्षेत्र निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ सत्ता गठबन्धनबाट लोसपाका नेता एवं पुर्वमन्त्री अनिल झा र प्रतिपक्षी एमाले जसपा गठबन्धनबाट एमालेकी नेत्री एवं पुर्वमन्त्री जुली महतोले उम्मेदवारी दर्ता गराएका छन ।

सो क्षेत्रमा लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले उम्मेदवारी दिने चर्चा थियो । तर गठबन्धनमा तालमेल शुरु हुन नसक्दा महतोको ठाउँमा झालाई उम्मेदवार बनाइएको थियो । प्रतिनिधि सभातर्फ झा यसअघिको निर्वाचन रौतहट–१ बाट विजयी भएका थिए । तर, यसपटक गठबन्धनभित्र रौतहट–१ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालललाई दिने सहमति भएपछि नेता अनिल झा धनुषा–३ मा आएका हुन् ।

यी बाहेक स्वतन्त्रतर्फ पनि नेपाल पत्रकार महासंघ धनुषाका पुर्व अध्यक्ष उमेश साह, स्वतन्त्र महिला मिलनकुमारी साह लगायत केहीले उम्मेदवारी दिएका छन ।

प्रदेश सभातर्फ सत्ता गठबन्धनबाट ३ (क) मा कांग्रेसबाट प्रदेश भौतिक पुर्वाधार मन्त्री रामसरोज यादव र ३ (ख) मा लोसपाका प्रमुख सचेतक परमेश्वर साहले उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै प्रतिपक्षी एमाले जसपा गठबन्धनबाट प्रदेशको ३ (क) मा जितेन्द्र यादव र ३ (ख) मा दिपेन्द्र ठाकुरले उम्मेदवारी दर्ता गराएका छन ।

सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धन दुवै दलबाट हजारौको संख्या दलबल सहित शक्ति प्रदर्शन गर्दै उम्मेदवारी दर्ता गराउन जनकपुरधाम स्थित निर्वाचन आयोगको कार्यालय महेन्द्रनारायण स्मृति प्रतिष्ठान पुगेका थिए ।

क्षेत्र नम्बर ४ : जिल्लाको अर्का प्रभावशाली क्षेत्र मानिएका क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धन कांग्रेसबाट पार्टी सह महामन्त्री एवं पुर्व मन्त्री महेन्द्र यादव, एमालेबाट पार्टी सचिव एवं पुर्वमन्त्री रघुवीर महासेठ र जसपाबाट महाजन यादवले उम्मेदवारी दर्ता गराएका छन ।

प्रदेशतर्फ तर्फ ४ (क) मा सत्ता गठबन्धनबाट जसपा परित्याग गरी कांग्रेस छिरेका शेषनारायण यादव र एमालेबाट कांग्रेस परित्याग गरेका सन्तोष यादव तथा जसपाबाट प्रदेश पुर्व मन्त्री ज्ञानेन्द्र यादवले उम्मेदवारी दिएका छन भने ४ (ख) मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश मन्त्री शत्रुधन महतो र एमाले जसपा गठबन्धनबाट एमालेका हरिनारायण महतोले उम्मेदवारी दिएका छन ।

क्षेत्र नम्बर १ : धनुषा क्षेत्र नम्बर ३ र ४ बाहेक क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ सत्ता गठबन्धनबाट एकीकृत माओवादी केन्द्रका नेता एवं पुर्वमन्त्री मातृका यादव, एमाले जसपा गठबन्धनबाट जसपाका दिपक कार्कीले उम्मेदवारी दर्ता गराएका छन । समाचार लेख्दासम्म उम्मेदवारी दर्ता जारी नै रहेकाले पुर्ण विवरण आउन सकेको छैन ।

क्षेत्र नम्बर २ : यस क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेसका नेता एवं पुर्वमन्त्री रामकृष्ण यादव, एमाले जसपा गठबन्धनबाट मित्रवत प्रतिष्पर्धा हुने गरी एमालेबाट पुर्वमन्त्री उमाशंकर अरगरिया, जसपाबाट गंगाराम यादवले उम्मेदवारी दर्ता गराएका छन । यसबाहेक सत्ता गठबन्धनमा अटाउन नसकेका जिल्लाका प्रभावशाली नेता रामचन्द्र झा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवारी दिएका छन ।

सो क्षेत्रको प्रदेश सभातर्फ २ (क) मा सत्ता गठबन्धनबाट लोसपाका संजय साह र एमाले जसपा गठबन्धनबाट जसपाका शैलेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन भने २ (ख) मा सत्ता गठबन्धनबाट माओवादीका श्यामकुमार यादव र एमाले जसपा गठबन्धनबाट जसपाका रामआशिष यादवले उम्मेदवारी दर्ता गराएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ आश्विन २३, आईतवार २०:३५
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७९ आश्विन २३, आईतवार २०:३५
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७९ आश्विन २३, आईतवार २०:३५
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७९ आश्विन २३, आईतवार २०:३५
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७९ आश्विन २३, आईतवार २०:३५
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७९ आश्विन २३, आईतवार २०:३५

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव