जनकपुरधाम, असाेज २२ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) काे ५ दलीय सता गठबन्धनसंग चुनावी एकता भएपनि राजेन्द्र महताे अटाउन सकेन ।
धनुषा ३ बाट दाबेदारी गरेका महताे अन्तत: आफ्नै पार्टीका अनिल झालाई समावेश गर्न सर्लाहीबाट स्वस्थ प्रतिष्पर्धामा जाने भएको छ ।
सत्ता गठबन्धनसँगको तालमेलमा लाेसपाले प्रतिनिधि सभातर्फ ८ सिट पाएपनि ७ सिटमा मात्र साझा उम्मेदवार खडा गर्नेछ महताे लड्ने ८ आै सिट सर्लाही २ मा माओवादीसंग स्वस्थ प्रतिष्पर्धा हुने हो ।
लाेसपाबाट सप्तरी १ मा जयप्रकाश ठाकुुर, धनुषा ३ मा अनिलकुमार झा, महोत्तरी २ मा शरदसिंह भण्डारी, महोत्तरी ३ मा महन्थ ठाकुर, सर्लाही १ मा रामप्रकाश चौधरी, सर्लाही २ मा राजेन्द्र महतो, बारा ३ मा प्रमोद गुप्ता र पर्सा १ मा लक्ष्मणलाल कर्ण उम्मेदवार भएका छन् ।
सर्लाही २ मा सत्ता गठबन्धनबाट माओवादीको चुनाव चिन्ह लिएर नेपाल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष महिन्द्रराय यादव उम्मेदवार बनेका छन् ।
सत्ता गठबन्धनमा लोसपाका वरिष्ठ नेता महतोले मात्र साथ नपाउने भएका छन् । ०७४ मा चुनाव जितेको धनुषा ३ अनिल झालाई छाडेर महतो सर्लाही २ मा उम्मेदवार बन्ने भएका छन् ।
यस्तै ०७४ मा रौतहट १ बाट जितेका झा धनुषा ३ मा सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका छन् । रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल उम्मेदवार बन्ने भएका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !