Tuesday, August 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अवैध रुपमा सञ्चालित नैना हस्पिटलमा फेरी एक महिलाको मृत्यु


अवैध रुपमा सञ्चालित नैना हस्पिटलमा फेरी एक महिलाको मृत्यु

जनकपुरधाम, असोज १६ गते । दर्ता बिना नै अवैध रुपमा जनकपुरधाम स्थित रामानन्द चोकमा सञ्चालित नैना हस्पिटलमा चिकित्सकको लापरवाहीका कारण फेरी एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

नर्मल डिलेभरीमा बच्चा जन्माएकी जनकपुरधाम उपमहानगरपालिका १२ हनुमाननगर निवासी दिलिप मण्डलकी श्रीमति विद्याकुमारी मण्डलको चिकित्सकको लापरवाहीले मृत्यु भएको पिडीत परिवारले आरोप लगाएका छ ।

विद्याको मृत्युपछि पिडीत परिवार तथा मृतकका आफन्तहरुले हस्पिटलमा हो हल्ला गरेपछि अस्पतालका कर्मचारी तथा चिकित्सकहरु अस्पताल छोडेर नै भागेका थिए । अस्पतालमा कोही नभेटिंदा पिडीत परिवारले अस्पताल अगाडि र रामानन्द चोकमा अस्पताल र सम्बिन्धित निकाय विरुद्ध रामानन्द चोकमा कारवाहीको माग गर्दै टायर बालेर विरोध प्रदर्शन समेत गरेका छन । प्रदर्शनको क्रममा प्रहरी र मृतकका परिवारजनबिच सामान्य झडपसमेत भएको छ ।

घटना अनुसार विद्यालाई प्रशव पीडा हुँदा परिवारजनले उपचारका लागि भदौ २३ गते नैना हस्पिटलमा भर्ना गराएका थिए । उनको सो हस्पिटलमा २४ गते नर्मल डेलेभरि भयो । शिशुको जन्मपछि विद्याको पाठेघरबाट अत्यधिक रक्तश्राव हुन लाग्दा सो अस्पतालका डा. ईन्द्रमोहन रजकको चिकित्सकीय टोलीले बिरामीको पाठेघर फाटिसकेको भनेर रगत चढाउनु पर्छ भनियो ।

मृतक विद्याका श्रीमान दिलिपले भने अस्पतालका चिकित्सकहरुले विद्यालाई ३१ पोका रगत चढायो, तर स्वास्थ्य अवस्था सुधार आउनुको साटो बिग्रिदै नै गयो, आफूहरुको सहमति बिना नै उनको पाठेघर नै काटेर हटाइ दिएपछि पाठेघर सम्बन्धी नसा नै फाटेर अवस्था झन बिग्रियो ।

दिलिप थप्दै भने हामीले पटक पटक हस्पिटलका सञ्चालक डा. बृजमोहन रजक र चिकित्सक ईन्द्रमोहन रजकलाई भन्यौ यहाँ उपचार सम्भव हुँदैन भने रेफर गरिदिनु, यही ठिक भई हाल्छ भनेर बाहिर पनि जान दिएन । बिरामीको अवस्था देखेर हामी बलजफ्ती लिएर काठमाडौ मेडिसिटी अस्पताल लग्यौं । मेडिसिटीमा बिरामीको अवस्था हेर्ने बितिकै चिकित्सकहरुले पहिला त भर्ना लिनै मानेन । पछि अनुरोध गर्दा बचाउने प्रयास गर्छौ भनी भर्ना लियो ।

नैना हस्पिटलले नै पाठेघर काटेर हटाएको कुरा तपाई कसरी पाउनु भो भन्ने जिज्ञासामा दिलिप भने मेडासिटी अस्पतालमा भर्ना गर्नुअघि नै चिकित्सकहरुले यसको पहिला जुन ठाउँमा उपचार गरिएको छ त्यहाँ पाठेघर काटेर हटाइ दिएको कारण नसा नै फाटिसकेको छ भनेको थिए । उनीहरुले भर्ना नै लिन मानेपछि अनुरोध गर्दा बचाउने प्रयास गर्छु भनी भर्ना गरेको थियो ।

त्यहाँ २२/२३ दिन उपचारपछि मेडासिटीले पनि अब यहाँ उपचार सम्भव छैन भनी पहिला जुन ठाउँमा उपचार गराएका थियौं त्यही लग्नुस भनेर पठाइ दिएपछि यहाँ ल्याउंदा बिरामीलाई पैसाको लोभमा भर्ना गरियो, तर बचाउने त के उपचार पनि गरेनन । सोही क्रममा मृत्यु हुन गएको पिडीत दिलिपले संचारकर्मीसँग भने ।

आँखामा आँसु रसाउंदै भने नैना अस्पतालले मात्रै शुरुमा १०÷११ लाख रुपैया खर्च गराई दियो, मेडासिटीमा ३० लाख रुपैया गरी करीब ४० लाख खर्चदापनि अस्पतालको लापरवाहीले श्रीमतिलाई बचाउन सकेनौ । उनले सम्बन्धित निकायको लापरवाहीको कारण यस्ता अवैध अस्पतालले कयौं बिरामीको ज्यान लिंदै आएको कारण कारवाही नभएसम्म आन्दोलन जारी राख्ने बताए । नैना हस्पिटलको यो पहिलो घटना होइन । यसअघि भदौ १६ गते पनि चिकित्सककै लापरबाहीका कारण एक नवजात शिशुको जन्मिएको दोस्रो दिनमै मृत्यु भएको थियो । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–३ त्रिभुवननगर बस्ने रवीन्द्र साहकी पत्नी चञ्चला देवीले जन्म दिएको शिशुको अस्पतालका चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको थियो ।

दर्ता बिनाको नैना अस्पताल

पटक पटक चिकित्सकको लापरवाहीले सो अस्पताल सहित जनकपुरधाम स्थित अवैध रुपमा सञ्चालित अस्पतालहरुमा मृत्यु हुने क्रम बढेपनि सम्बन्धित निकायले चासो देखाएको छैन । देश संघीय व्यवस्थामा गएपछि स्वास्थ्य संस्था दर्तादेखि अनुगमन गर्नेसम्मको जिम्मेवारी स्थानीय तहले पाएका छन ।

तर सम्बन्धित स्थानीय तह जनकपुरधाम उपमहानगरपालिकाको स्वास्थ्य संस्थाप्रति देखिएको बेवास्ताका कारण जनकपुरधाम बजारमा डेढ सयभन्दा बढी निजी क्लिनिक तथा अस्पताल अवैध रुपमा संचालित छन । अवैध रुपमा सञ्चालित अस्पतालहरुले बिल काट्न कम्पनी रजिष्ट्रारको दर्तामा प्यान नम्बर लिएर संचालन गर्दै आएका छन ।

ती मध्येका एक अस्प्ताल हुन नैना हस्पिटल जसले सम्बन्धित स्वास्थ्य निकायमा दर्ता नै नगरी एकवर्षभन्दा बढीसमय देखि कम्पनी रजिष्ट्रारमा कम्पनी दर्ता गरी डा. बृजमोहन रजकले अस्पताल संचालन गर्दै आएका छन ।
स्वास्थ्य सम्बन्धी कानून अनुसार २५ शैय्यासम्मका जनरल अस्पतालका लागि सम्बन्धित स्थानीय तहबाट र २५ शैय्यादेखि माथिका अस्पतालहरू सम्बन्धित स्थानीय तहको सिफारिसमा प्रादेशिक स्वास्थ्य संरचना वा मन्त्रालयबाट स्वीकृति लिएर मात्र सञ्चालन गर्न पाउने व्यवस्था छ ।

तर, जनकपुरधामस्थित डा. बृजमोहन रजकले सञ्चालन गरेको नैना हस्पिटल प्रा.लि. दर्ताबिना नै कम्पनी रजिष्ट्रारको दर्ताको भरमा ५० शैय्याको यो अस्पताल विगत १६ महिनादेखि दर्ताबिना नै सञ्चालनमा रहेका छन । पछिल्लो पटक नवजात शिशुको मृत्यु घटनामा विभिन्न संचार माध्यममा समाचार र पिडीत परिवारले आवाज उठाएपनि सम्बन्धित निकायले चासो नलिंदा यो दोश्रो घटना हुन गएको हो ।

अस्पतालको दर्ताको बारेमा मधेस प्रदेशको सामाजिक विकास मातहत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयलाई कुनै जानकारी छैन । निर्देशनालयका निर्देशक विजय झाले भने, ‘यो अस्पतालको दर्ता सम्बन्धमा कुनै पनि कागजात आफू कहाँ आएको छैन, अस्पताल सञ्चालन बारे हामीलाई कुनै जानकारी छैन ।’ उता प्रादेशिक स्वास्थ्य उपमहाशाखाले हामी व्यवस्थित गर्ने प्रक्रियामा रहेको भनी कुरा टालेका छन । नैना हस्पिटल मात्रै होइन अवैध रुपमा संचालित तराई राजधानी हस्पटील, सुरक्षा अस्पताल, श्रीराम जानकी हस्पटीटल लगायत दर्जनौ अस्पतालमा चिकित्सकको लापरवाहीले मृत्यु हुने क्रम बढदो छ ।

प्रत्येक घटनामा पिडीत परिवारले हल्ला खल्ला गरेपछि सम्बन्धित अस्पतालले पिडीत परिवारलाई क्षतिपूर्ति वापत केही रकम र स्थानीय तह स्वास्थ्य संस्था प्रमुख, प्रशासनमा मोटो रकम घुस खुवाएर घटना साम्य पार्ने गरेको छ । यस पटक पनि डा. रजकले पिडीत परिवारलाई केही रकम दिएर घटना सामसुम पार्ने प्रयासमा छन । तर पिडीत परिवारले कारवाहीको अडानमा छन । यता घटना पश्चात फरार रहेका अस्पतालका सञ्चालक डा. रजक अहिलेसम्म सम्पर्कमा आउन सकेका छन । पटक पटक फोन गर्दा पनि फोन उठाएको छन । अस्पतालमा पनि घटनापछि मूल गेटमा ताल्चा लगाई कर्मचारी र चिकित्सक सबै फरार छन । साभार : इकागज

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ आश्विन १६, आईतवार १२:३०
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७९ आश्विन १६, आईतवार १२:३०
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७९ आश्विन १६, आईतवार १२:३०
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७९ आश्विन १६, आईतवार १२:३०
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७९ आश्विन १६, आईतवार १२:३०
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७९ आश्विन १६, आईतवार १२:३०

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव