जनकपुरधाम, भदौ २० गते । मधेश प्रदेश सरकारका एक मन्त्रीले जनताका लागि खर्च गरिने सरकारी ढृकुटीको पैसा आफ्ना नातेदारको नाममा खर्च गर्न लागेका छन ।
अहिलेसम्म राजनीतिक दलका उच्च शिर्षस्थ नेता तथा मन्त्रीहरुले आ आफ्ना नातेदारलाई सांसद, मन्त्री, राजनीतिक नियुक्ति र निर्वाचनमा उम्मेदवार बनाउने गथ्र्यो । तर अब त नातेदारको नामलाई जिवन्त राख्न बजेट समेत विनियोजन गर्न थालेका छन ।
नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका मधेश सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले दिवंगत आफ्ना बुवा दशैं महतो र विमान दुर्घटनामा मृत्यु भएका आफ्ना पिए राजन गोलेको नाम जिवन्त राख्न विभिन्न योजनामा बजेट विनियोजन गरेका छन ।
जनताका लागि वा समाज तथा देशका लागि योगदान पुरयाएका व्यक्तिको नाममा योजना विनियोजन गर्नुको सट्टा मन्त्री पदको दुरुपयोग गर्दै आफ्ना दशैं महतोको नाममा कबीर धर्मशाला र पिए राजन गोलेको नाममा स्मृति पार्क तथा संग्राहालय निर्माणका लागि बजेट विनियोजन गरेका हुन । मन्त्रीको यस्तो करतूतको चौतर्फी अलोचना तथा विरोध हुन थालेका छन ।
मन्त्री महतोले आफ्ना गृह गाउँ धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ मा बुवा दशैं महतोको नाममा कबीर धर्मशाला निर्माणका लागि ४० लाख रुपैया विनियोजन गरेका छन भने पिए राजन गोलेको नाममा मिथिला नगरपालिका ११ लोहटामा राजन गोले स्मृति पार्क निर्माणका लागि १५ लाख र सोही ठाउँमा सांस्कृतिक संग्राहालय निर्माणका लागि २० लाख रुपैया बजेट विनियोजन गरेका छन ।
आफ्ना नातेदारको नाममा बजेट विनियोजन गर्नु अनुचित रहेको प्रतिपक्षी दल तथा स्थानीय समाजसेवीहरुले जनताको पैसा आफ्ना नातेदारको नाममा खर्चिनु भनेको भ्रष्टाचारको चरम सीमा रहेको भन्दै आलोचना गर्दै कडा विरोध जनाएका छन ।
प्रदेशका प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक परमेश्वर साहले जनताको पैसा जनताको नाममा र जनताको सार्वजनिक हितमा खर्च हुर्नुपर्छ । यदि कुनै मन्त्री वा माननीयले आफ्ना बुवा वा पिए मात्र होइन कुनै नातेदारको नाममा बजेट विनियोजन गर्छन भने त्यो पदीय दुरुपयोग गरी गर्ने भ्रष्टाचार हो ।
जनताको लागि खर्च गरिने सरकारी ढृकुटीको पैसा आफ्ना नातेदार र भारदारको नाममा खर्चिनु कानून विपरित हो, यस्तो योजनाको बजेट तत्काल रोक्का हुनुपर्छ । मन्त्री महतोले बुवा र पिएको नाममा बनाउन लागेको योजना तत्काल रोकेर उनीमाथि सम्बन्धित निकायले भ्रष्टाचारको मुद्दा चलाउन साहले माग गर्दै यस्तो भएन भने आउने निर्वाचनमा जनताले न्याय गर्नेछ भने ।
त्यस्तै युवा अभियन्ता सरोज मिश्रले मन्त्री महतो मात्र होइन अन्य कुनैपनि प्रदेशका मन्त्रीहरुले आफ्ना बुवाआमा, दाजुभाई र श्रीमति पिएको नाममा योजना वितरण गरेको छ त्यो गैर राजनीतिक संस्कार हो, यस्ता योजना तत्काल बन्द गर्नुपर्छ भने ।
उनले जनताको सार्वजनिक हितका लागि खर्च गरिने बजेट समाज वा देशमा लगानी गरेको वा महत्वपूर्ण योगदान पुरयाएका व्यक्तिको नाममा खर्च गर्नुपर्छ प्रतिक्रिया दिदैं यदि कुनै मन्त्रीले आफ्ना नातेदार, इष्ट मित्र र भाइभरदारको नाममा बजेट विनियोजन गर्छ त्यो पदीय दुरुपयोग हो, यस्ता योजना तत्काल बन्द गरी सम्बन्धित मन्त्रीमाथि भ्रष्टाचार मुद्दा चलाउनुपर्छ ।
अभियन्ता मिश्रले यहाँ कारवाही गर्ने सम्बन्धित निकाय नै कामै नलाग्ने खालका अपाङ्ग रहेको भन्दै मन्त्री महतोले यसअघि गरेको १५/२० लाख भ्रष्टाचार बारे अडियो टेप नै सार्वजनिक गरेका थियौं । तर सम्बन्धित निकायले कुनै चासो लिएन । तर अब मन्त्री महतोले भ्रष्टाचार गर्ने उद्देश्यले बुवा र पिएको नाममा गरेको बजेट विनियोजन रोकाउन युवाहरु अघि बढनेछ ।
आफ्ना बुवा र पिएको नाममा बजेट विनियोजन गर्नु कतिको उचित हो भन्ने जिज्ञासामा मन्त्री महतोले हाम्रो बुवा दशैं महतो एउटा समाजसेवी व्यक्ति हुनहुन्थ्यो त्यसले उहांको नाममा बजेट विनियोजन गरिएको हो । जहाँसम्म राजन गोलेको कुरा हो, त्यहाँको स्थानीयवासीको माग भए अनुसार बजेट विनियोजन गरिएको हो, यसमा विरोध गर्नुको कुनै तुक छैन भने ।
पोखरी सौन्दर्यकरण र मठ मन्दिर, धर्मशाला निर्माण तथा सौन्दर्यकरणका लागि धनुषा जिल्लाका लागि १७ करोडको हाराहारीमा बजेट विनियोजन गरेका छन । ती मध्ये आफ्ना निर्वाचन क्षेत्र पर्ने मिथिला र क्षिरेश्वरनाथ नगरपालिकामा मात्रै १४ करोड रुपैया विनियोजन गरेको छ ।
मन्त्री महतोले चुनावी हिसाबले मतदातालाई रिझाउन चालु आ.ब. मा जिल्लाको दुई तिहाई बजेट विनियोजन गरेको आरोप लागि रहेको छ । जिल्लाका अन्य पालिकालाई बेवास्ता गरी आफ्नो निर्वाचन क्षेत्र केन्द्रित बजेट निकासा गर्नु कतिको जायज हो प्रश्नमा मन्त्री महतोले ठाडो अस्वीकार गर्दै भन्दै मैले सबै क्षेत्रलाई समेटेर योजना माग भई अनुसार बजेट विनियोजन गरेको छु ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !