जनकपुरधाम, भदौ ४ गते । मानव तस्करीको आरोपमा भारतीय प्रहरीले लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका नेता अमर पजियार सहित दुईजनालाई पक्राउ गरेको छ ।
प्राप्त जानकारी अनुसार पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने लाेसपा नेता एवं भू माफिया जग्गा दलाल समेत रहेका पंजियार र परिचय खुल्न नसकेका उनी संगै रहेका अर्का एकजना रहेका छन् ।
उनीहरुलाई भारत–नेपाल सीमामा तैनाथ ४८औं बटालियन जयनगर एसएसबी बोर्डर अन्तर्गत पिपरौन क्याम्पका जवानहरुले जटही बोर्डरबाट पक्राउ गरेका हुन ।
भारतबाट नेपालतर्फ एक ८ वर्षीया बालिकालाई बा.२१ च ७१२८ नम्बरको चारपाङग्रे गाडीमा ल्याइरहेको क्रममा शुक्रबार राति उनीहरुलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ ।
उनीहरुमाथि शंका लागेर भारतीय प्रहरीले चेकजाँच गर्दा पक्राउ गरेको र नाबालिकलाई हरलाखी थाना प्रहरीको जिम्मा लगाइएको चाइल्डलाइन सबसेन्टर जयनगरकी सबिता देवीले बताएकी छिन ।
पजियार भन्ने व्यक्तिले ति बालिकालाई घर काम गराउन बंधुवा मजदुरीका लागि बाँसोपट्टीबाट आफ्नो घर लगिरहेको खुल्न आएकाे आएकाे उनले बताइन ।
कामकाे प्रलाेभनमा एक देशबाट अर्काे देशमा इच्छा विपरित लग्नु मानव तस्करी हाे भने नाबालिकसँग काम गराउनु दण्डनीय अपराध रहेकोले पक्राउ परेकाहरुलाई सोही कानून बमाेजिम थप कारवाहीका लागि प्रहरी नियन्त्रणमा राखिएकाे सबिताले बताइन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !