Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेशका पुर्व प्रदेश प्रमुख डा. अहिराजले सरकारी जग्गा हडपेर घर बनाएकाे खुलासा


मधेशका पुर्व प्रदेश प्रमुख डा. अहिराजले सरकारी जग्गा हडपेर घर बनाएकाे खुलासा

काठमाडौं । मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश झा (अहिराज)ले धोबीखोला हडपेर घर बनाएको खुल्न आएको छ ।
स्वास्थ्य लाइभले प्रकाशित समाचारमा उनले काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वर रुद्रमती मार्ग धोबीखोला करिडोरमा सार्वजनिक जग्गा हडपेर घर बनाएको हाे ।

काठमाडौं महानगरपालिका वडा नम्बरको सिट नम्बर १०२११४६०२ को कित्ता नम्बर ४३१ र ४३३ को दुई आना जग्गामा डा. राजेशले २ तले घर बनाएर भाडा खाइरहेको पाइएको छ । भाडामा लिनेहरूसँग स्वास्थ्य लाइभले कुरा गर्दा उनले मासिक ५० हजार बढी भाडा उक्त सार्वजनिक जग्गामा बनेको घर/ कोठा र सटरबाट लिने गरेका छन् ।

डा. अहिराजले सार्वजनिक जग्गा (साबिकको धोबीखोला) हडपेर बनाएको दुईतले घरको भुईंततलामा पशुपति मोटरसाइकल वर्कशपलाई भाडामा लगाएका छन् । माथिल्लो तल क्लासी इन्जिनियरिङ सर्भिस प्रालीलगायतलाई भाडामा लगाएको देखिन्छ ।

स्वास्थ्य लाइभसँगको कुराकानीमा डा. राजेश अहिराजले सार्वजनिक जग्गामा संरचना बनाएर भाडा खाएको स्वीकार गरे । आफूले मात्र नभई त्यो ठाउँमा इन्द्र चाम्लिङ, युनिक खाजा घर, आदित्य फर्निचरलगायत लाइनै सार्वजनिक जग्गा हडपेर संरचना बनाएको उनको दाबी छ ।

त्यो ठाउँ त्यतिकै छाड्ने हो भने चाम्लिङलगायत अरू व्यक्तिले संरचना बनाएर भाडा खाने भएकाले आफूले बनाएको भन्दै डा. राजेश अहिराजले राज्यलाई आवश्यक परे तत्काल छाड्न आफू तयार रहेको बताए । खोज्दै जाने हो भने पूर्व प्रधानमन्त्री सुशील कोइरालाका डाक्टर कविरनाथ योगीको घर पनि सार्वजनिक जग्गामा पर्न सक्ने उनको भनाइ छ ।

धोवीखोला करिडोरको  सिट नम्ब १०२११४६०२ को कित्ता नम्बर ४३१ र ४३३ को सार्वजनिक जग्गा हडपेर बनाएको घर/टहरा मात्र होइन डा. राजेश अहिराजले  साढे ५ तले भवन बनाएको कित्ता नम्बर ७३८,७३९ लगायतमा पनि साबिकको धोबीखोला देखाउँछ ।

डा. राजेश अहिराजको घरसँगै रहेको कित्ता नम्बर ४३४ को जग्गा २०६७ सालमा इन्द्रकुमार चाम्लिङको नामबाट क्षेमाकुमारी राईको नाममा गएको देखिन्छ । त्यस्तै ४४८ नम्बर कित्ता इन्दिरा सापकोटा (ढकाल)को नाममा रहेको छ । ती जग्गा पनि साबिक धोबीखोला हुँदै व्यक्तिको नाममा पुगेको छ ।

डा. राजेश अहिराजको साढे ५ तले घर रहेको  कित्ता नम्बर ७३८,७३९ लगायत भने व्यक्तिको नाममा नभई साबिकको धोबीखोला नै जनिएको छ ।
डा. राजेश अहिराज भने पछाडिको घर भएको जग्गा श्रीमतीको नाममा रहेको र मालपोत समेत तिरिरहेको दाबी गर्छन् । सुरुमा आफ्नो बुबाले घर बनाएकाले सबै कुरा थाहा नहुने तर्क गरेका उनले अन्तिममा भने श्रीमतीको नाममा घर जग्गा रहेको दाबी गरेका हुन् । तर राज्यलाई आवश्यक परे तत्काल छाड्न भने आफू तयार रहेको उनको भनाइ छ ।

डा. राजेश अहिराजले भने जस्तै त्यो ठाउँमा मेडिकल व्यवसायी एवं एमाले नेता दुर्गा प्रसाईका भाइ युवराज प्रसाई,  एमाले सिन्धुलीका नेता हेमराज घिसिङ र इन्द्रकुमार चाम्लिङले सार्वजनिक जग्गा हडपेर घर बनाएका छन् । चाम्लिङले त ४ रोपनी जति सार्वजनिक जग्गा हडपेर १० वटा घर/टहरा बनाएर भाडा खाइरहेका छन् । एउटा ८ तले चाम्लिङ टावर नै एक तिहाई भाग सार्वजनिक जग्गामा रहेको पाइन्छ ।

इन्द्र कुमार चाम्लिङसँगै धोबीखोला करिडोरको सार्वजनिक जग्गा हडप्नेको सूचीमा डा. राजेश अहिराजको नाम थपिएको छ । उनका भाइ नापीका कर्मचारी रहेकाले धोबीखोला करिडोरमा घर बनाउने काम भएको सरकारी कर्मचारीहरु नै बताउँछन् ।

रौतहटका डा. राजेश झा (अहिराज) तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७७ साल फागुन ७ गते २ नम्बर (मधेश) प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका थिए । ६ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा २०७८ साल भदौं १ गते प्रदेश प्रमुखबाट उनी पदमुक्त भएका हुन् ।

डा. राजेश अहिराज मधेशवाणी पत्रिकाका सम्पादक र मधेश मिडिया हाउसका सञ्चालक समेत रहिसकेका व्यक्ति हुन् । तिनै व्यक्ति सार्वजनिक जग्गा हडपेर भाडामा लगाइ ठगी गर्ने कार्यमा संलग्न रहेको स्वास्थ्य लाइभले फेला पारेको छ ।
नर्भिक अस्पतालका मालिक वसन्त कुमार चौधरीलाई पछि पार्दै डा. राजेश अहिराजले सार्वजनिक जग्गामा रजाइँ गरिरहेको पाइन्छ ।

डा. राजेश अहिराजसँग स्वास्थ्य लाइभले गरेकाे सवाल-जवाफ

तपाईंले धोबीखोला करिडोरमामा बनाएको घर/टहरो अख्तियारको निर्देशन अनुसार सरकारको नाममा आएको  ४३१ नम्बर कित्ता जग्गामा पर्ने रहेछ हैन ? 

हो ! अगाडीको एक लाइनै मेरो मात्र हैन सबैको सरकारी जग्गामा हो । तर, पछाडिको सरकारी जग्गामा हैन । अगाडिको मैले खाली छाड्दा अरु आएर बस्ने भएकाले प्रयोग गरेको हो । टहरा अस्थाइ रुपमा बनाएको हुँ । सरकारले जहिले चाहान्छ छाड्छु ।

७३८ र ७३९ मा बनेको साढे ५ तले घर छनी त्यो घरको नक्सा पास गर्नु भएको छ ? 

पास गरेको छ । नक्सा पास मालपोत तिरेको सबै छ ।
तर, कित्ता नम्बर ७३८-७३९ त नक्सा पास देखिएन त ?
त्यो कित्ता नम्बर मलाई ठ्याक्कै याद भएन । पछाडिको त मेरो बकाइदा लाल पुर्जा वाला हो सर । जहाँ साढे तीन आना रहेको छ ।

साढे तीन आना देखियो तर, मालपोत- नापीमा धोबीखोला देखाउँछ त ?

त्यो, हैन सर । मेरोबाट केही समस्या छैन राज्यलाई चाहे छाड्न तयार छु ।

कसको नाममा छ ?

त्यो पछाडिको मेरो आफ्नै हो नी !

त्यो लाल पुर्जा पाउन सकिन्छ ? 

ए हैन । हैन । श्रीमतीको नाममा छ । अहिल सिराहामा छु काठमाडौं फर्केपछि भेटेर कुरा गरौंला । राज्यलाई पहिला पनि छोडेको हो मेरोबाट केही समस्या छैन । त्यो जग्गा राज्यलाई चाहिए छाड्न तयार छु ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७९ भाद्र २, बिहीबार १२:५१
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७९ भाद्र २, बिहीबार १२:५१
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७९ भाद्र २, बिहीबार १२:५१
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७९ भाद्र २, बिहीबार १२:५१
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७९ भाद्र २, बिहीबार १२:५१
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०७९ भाद्र २, बिहीबार १२:५१

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव