जनकपुरधाम, भदाै १ गते । मधेश प्रदेश ट्राफिक प्रहरीले सवारी साधन कारवाहीबाट गएकाे आर्थिक वर्षमा २२ करोडभन्दा बढी राजश्व असुल गरेकाे छ ।
आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ४४ लाख राजस्व असुल गरिएकाे मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले जनाएकाे छ ।
मधेश प्रदेशका ८ वटै जिल्लाकाे २ लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकबाट ट्राफिकले सवारी नियम उलंघनमा दण्डजरिवाना गरी उक्त रकम असुल गरिएकाे प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन ।
उनले सबभन्दा बढी ट्रक चालकबाट ९९ हजार ३५८ सवारी साधन नियम उल्लंघनमा ११ करोड ५२ लाख ४३ हजार, ७६ हजार ७१३ मोटरसाइकल चालकबाट चार करोड ९५ लाख ७५ हजार तथा ४७ हजार ५०५ कार, जीप र भ्यान चालकबाट तीन करोड २० लाख राजस्व असूल गरिएको बताएका छन।
त्यसैगरी, १५ हजार ५४० ट्याक्टरका चालकबाट ९६ लाख, १३ हजार ४२० टेम्पु चालकबाट ९० लाख ६४ हजार र ११ हजार ६७७ बसका चालकबाट ८९ लाख २० हजार दण्डजरिवाना गरी ट्राफिकले राजस्व असुल गरेको हो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !