जनकपुरधाम, साउन १८ गते । जनकपुर जेसीजका निर्वतमान अध्यक्ष मनाेज साह आफ्नाे कार्यकालमा कुनै आर्थिक अनियमितता नभएकाे दाबी गरेकाे छ ।
जनकपुरधाम स्थित जेसीजकै कार्यालयमा बुधवार निर्वतमान अध्यक्ष मनाेजले आफ्नाे कार्यकालमा आएकाे आम्दनी रकम मध्ये आराेप लगाइएकाे १ लाख ४५ हजार रूपैया बिओटी कहां सुरक्षित रहेकाे बताए ।
पत्रकार सम्मेलनमा निवर्तमान अध्यक्ष मनोजले आफूमाथि सामाजिक सञ्जालमा अनियमितता गरेको लगाएको आरोप गलत रहेको भन्दै कुनै प्रकारको यस्तो गतिविधिमा आफूलाई देखिएको वा पाइएकोमा आफू साधारण सदस्यबाट समेत राजिनामा दिने बताएका छन् ।
अध्यक्ष राजकुमार साहले यसअघि निर्वतमान अध्यक्षसंग मिलेर अनियमितता गरेकाे भन्दै महासचिव र काेषाध्यक्षलाई कारवाही गरेकाे भन्ने कुरा पत्रकार सम्मेलन गरि जानकारी गराएकाे थियाे ।
जेसीजआई व्यक्तित्वमा नेतृत्व प्रदान गर्ने एउटा मर्यादित संस्था हो । यो संस्थामा युवाहरुबीच प्रतिस्पर्धा हुनुपर्छ, विधिको शासनलाई पालना गर्नुपर्छ । तर कसैको भडकाउ वा बहकाउमा अध्यक्ष साहले गलत किसिमबाट प्रस्तुत भएको आफूले बुझेको बीओटी संयाेजक एवं पूर्व अध्यक्ष निर्मला कुमार चौधरीले बताएका छन् ।
साे पत्रकार सम्मेलनमा अध्यक्ष राजु साहमाथि आफ्नै बोर्डका सदस्यहरुले अविश्वासको प्रस्ताव लगाएको छ । पूर्व अध्यक्ष शंकर साह र निर्मल कुमार चौधरी लगायतले बोर्डबाट अध्यक्ष साहमाथि अविश्वासको प्रस्ताव लगाई पूर्व अध्यक्षहरुलाई जानकारी गराएको बताएका छन् ।
अविश्वासको प्रस्ताव लगाएपछि पदमुक्त गर्नका लागि साधारण सभाको बैठक आवश्यक भएकाले छिटट्ै साधारण सभाबाट उहाँलाई पदमुक्त गर्ने पूर्व अध्यक्ष शंकर साहले बताएका छन् ।
पत्रकार सम्मेलनमा बोर्डका ११ सदस्यीय कार्य समितिको अध्यक्ष बाहेक सबै सदस्यहरु, पूर्व अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !