जनकपुरधाम, साउन १२ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा सहित किसानहरुलाई राहत तथा प्याकेज उपलब्ध गराउन लगायतका माग गरेका छन ।
नेपालको संविधानले खाद्यसम्बन्धी अधिकारलाई मौलिक हकका रुपमा प्रत्याभूत गरेकोमा त्यसलाई कार्यान्वयन गर्न भन्दै बिहीवार जसपा जिल्ला अध्यक्ष पशुपति यादवको नेतृत्वमा गएको टोलिले सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीसंग ज्ञापन मार्फत माग गरेको हो ।
जसपाले ज्ञापन मार्फत किसानहरुको लागि प्रयाप्त मलखाद्यको व्यवस्था, किसानहरुको बैंक व्याज मिनाहा, सिचाईको लागि डिप बोरींग लयायत अन्य वैकल्पिक व्यवस्था, सिचाईको लागि सहुलियतमा डिजलको व्यवस्था, कृषि विद्युतीकरणको व्यवस्था र निशुल्क कृषि मिटर तथा महसूलको व्यवस्था लगायतका माग गरेका छन ।
तराई मधेशमा आकाशे पानीको भरमा कृषि उत्पादन हुँदै आएको छ, केही वर्षदेखि बाढीको समस्या र यस वर्ष वर्षा नभएका कारण धानको पुर्ण रोपाई हुन नसकेको र रोपाई भएका धान सिचाई आभावमा सुक्न थालेपछि किसानलाई धेरै मार्का पर्न सक्न सम्भावित कुराको दृष्टिगत गर्दै जसपा नेपालले मधेश प्रदेशलाई सुख्खा क्षेत्रको रुपमा घोषणा गर्न माग गरेको हो ।
खडेरीले गर्दा कृषिमा आश्रित बहुसंख्यक जनताको जीवन कष्टकर बन्दै गएको अवस्थाप्रति सरकारको यथेष्ट ध्यान नपुग्नु दुर्भाग्यपुर्ण रहेको भन्दै सरकारले कृषिमा बढी जोड दिन माग गरेका छन ।
कृषिजन्य उत्पादन एवम् व्यापारमा प्रतिस्पर्धा, व्यावसायीकरण, यान्त्रिकीकरण र विविधीकरण आवश्यक रहेको ठहर गर्दै पर्याप्त सिंचाईको व्यवस्था नभएकोले यहाँका किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य भएको ज्ञापन पत्रमा उल्लेख छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !