जनकपुरधाम, साउन ७ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भित्रका वाम दलहरूबीच एकताकाे प्रयास जारी रहेकाे बताएका छन ।
सर्लाहीको एक कार्यक्रममा सहभागी हुन गइरहेकाे बेला जनकपुरधाम विमानस्थल संचारकर्मीहरुसंग कुरा गर्दै प्रचण्डले भने गठबन्धन भित्रका वाम दलहरूकाे समाजवादी केन्द्र बनाउन एकताका लागि छलफल भईरहेको छ ।
उनले वामपन्थी दलहरुबिचको एकता वा चुनावी मोर्चाका लागि छलफल भईरहेको जानकारी दिदै सोही अनुरुप जसपाबाट अलग्गिएका बाबुराम भट्टराईसंग पनि कुराकानी भईरहेको बताए ।
बाबुरामजी जसपाबाट अलग भईसकेका छन्, उनी नयाँ पार्टी बनाएपनि गठबन्धनभन्दा बाहिर जानु हुन्न भन्दै प्रचण्डले भने ‘‘जसपा रुपमा फुटिसकेको अवस्था छ , यस अवस्थामा बाबुराम जी, माधवकुमार नेपाल जी र उपेन्द्र यादवसंग वामपन्थी एकता वा समाजवादी केन्द्र वा चुनावी मोर्चा बनाउने विषयमा छलफल भईरहेको छ ।
उनले थप्दै भने ‘औचापरिक रुपमा कुनै टुंगोमा पुगेको छैन तर छिट्टै चुनाव अघि नै यस विषयमा कुनै ठाेस निर्णय हुनेछ ।
हिजाे प्रतिनिधि सभाबाट पारित भएकाे नागरिकता ऐन संशाेधन बारे संचारकर्मीकाे जिज्ञासामा उनले भने नागरिकता समस्या समाधान गर्न पाएकोमा आफु निकै उत्साहित भएकाे छु ।
उनले मधेसमा वर्षाैदेखि व्याप्त रहेको नागरिकता समस्या समाधान भएकोमा मधेशी जनता संगै आफूपनि उत्साहित र खुशी रहेको प्रतिक्रिया दिए ।
दिल्ली भ्रमणकाे क्रममा प्रधानमन्त्री पत्नी एवं कांग्रेस नेतृ आरजु देउवासंग सम्झाैता भएकाे चर्चा बारे प्रचण्डले दिल्लीमा कांग्रेस नेतृ आरजु देउवा र आफु बिचमा कुनैपनि प्रकारको सम्झौता भएको स्पष्ट पारे ।
उनले ‘केही षडयन्त्रकारीहरुले यसलाई तन्काएर षडयन्त्रपूर्ण तरिकाले उठाउन खोजेको बताउँदै यसमा कुनैपनि प्रकारको सत्यता नरहेको दावी गरे । साभार : इकागज

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !