जनकपुरधाम, साउन १ गते । जनकपुरधाम स्थित अप्पन डेन्टल चेम्बर्सले धनुषाकाे सबैला नगरपालिकाकाका मतदाताहरूलाई निशुल्क दांत उपचार गर्ने भएकाे छ ।
रामसती देवी असर्फी साह सेवा प्रतिष्ठानकाे आयाेजनामा अप्पन डेन्टल चेम्बर्सले सबैलाका मतदाताहरूलाई दन्त परिक्षण/दांत निकाल्ने र अस्थायी दांत हाल्नेसम्मका सेवा निशुल्क दिनेछ ।
आइतवार सबैला नगरपालिका र रामसती देवी असर्फी साह सेवा प्रतिष्ठानबीच निशुल्क दन्त उपचार उपलब्ध गराउने सम्बन्धी दुई पक्षिय सम्झाैता भएकाे छ । साे सम्झाैता पत्रमा नगरपालिकाकाे तर्फबाट मेयर कारीराम यादव र रामसती देवी असर्फी साह सेवा प्रतिष्ठानकाे तर्फबाट डा. अजय शाहले हस्ताक्षर गरेका छन ।

दुवै पक्षबीच सरकारी सार्वजनिक विदा बाहेक ४ वर्षसम्म दन्त परिक्षण/दांत निकाल्ने देखि ज्येष्ट नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई निशुल्क अस्थाई दांत राख्ने सहितका सेवा चेम्बर्सद्वारा दिइने सम्झाैता भएकाे डा. शाहले जनाएकाे छ ।
चेम्बर्सले यसअघि धनुषा, महाेतरी, सिरहा र सर्लाही जिल्लाका स्थानीय जनतालाई निशुल्क स्वास्थ्य शिविर मार्फत सेवा पुरयाउंदै आएका छन भने प्रतिष्ठानद्वारा एम्बुलेन्स सेवा समेत प्रदान गरिदै आएकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !