जनकपुरधाम, असार ३२ गते । मधेस प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण भएकाे छ ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सभाबाट पारित सो विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश सभाको बैठकले गत असार २६ गते उक्त विधेयक पारित गरी प्रमाणीकरणको लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।
विधेयक प्रमाणीकरण भएसँगै सरकारको आर्थिक प्रणाली व्यवस्थित र प्रभावकारी हुने विश्वास गरिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !