जनकपुरधाम, असार २४ गते । प्रमाण नपुगेकाे भन्दै जिल्ला अदालत धनुषाबाट हत्याका अभियाेग लागेका एक व्यक्तिले सफाई दिएका छन ।
न्यायाधीश डा. परशुराम भट्टराईको इजलासले अभियोग दाबीअनुसार प्रमाण नपुगेका कारण जनकपुरधाम उपमहानगरपालकिा-१ का पेट्रोल पम्प सञ्चालक मनोज साहको हत्या अभियाेग लागेका जनकपुरधाम १४ मुजेलिय बस्ने पंकज भनिने दामोदर चौधरीलाई अदालतले प्रमाण पुगेकाे भन्दै सफाइ दिएको हो।
प्रमाण अपुग भएपछि अदालतले दामाेदरलाई सफाइ दिएको धनुषा जिल्ला अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिएका छन ।
दामोदरलाई प्रहरीले घटनालगतै छिमेकीको घरमा लुकेर बसेको अवस्थामा २ थान पेस्तोल र २२ राउन्ड गोलीसहित पक्राउ गरेको थियो। घटनास्थलबाट प्रहरीले अटोमेटिक पेस्तोल र ४ राउन्ड गोली तथा पंकजको झोलाबाट १ थान कटुवा पेस्तोल र त्यसको २ राउन्ड गोली तथा अटोमेटिक पेस्तोलको १५ राउन्ड गोली बरामद गरेको थियाे।
मनोज आफ्ना साथी अमित साहलाई लिएर पंकजको घरमा उधाराे पैसा माग्दा विवाद उत्पन्न भएपछि हात हालाहाल भएको थियो। साेही क्रममा पंकजले गोली हानेको आरोप लागेकाे थियाे। गोली प्रहारबाट मनोजको घटनास्थलमै मृत्यु भएको थियो ।
हत्या आरोपमा दामोदरलाई आजीवन कैद सजाय माग गरी पिडित परिवारले जिल्ला अदालत धनुषामा मुद्दा हालिएको थियो।
पंकजलाई जिल्ला अदालत धनुषाले २०७६ मंसिर ४ गते पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान गरेको थियो। प्रहरीका अनुसार त्यसबेला अनुसन्धानका क्रममा पंकजले आफूले हत्या गरेको स्वीकार पनि गरेका थिए ।
मनोजले धनुषाको सपहीस्थित सञ्चालन गरेका पेट्रोल पम्प शिव आयल स्टोरबाबट निर्माण व्यवसायी पंकजले डिजेल पेट्रोल उधाराे लिएका थिए । इन्धनको बाँकी बक्यौता ८ लाख रुपैयाँका लागि ताकेता गर्न जाँदा मनोजको हत्या भएको थियाे।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !