जनकपुरधाम, असार १४ गते । राजीनामा दिएकी एक शिक्षिकालाई पुनः हाजिर गराएको विरोधमा धनुषाको एक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन ।
जिल्लाको गणेशमान चारनाथ नगरपालिका बरमझिाया माध्यमिक विद्यालयमा स्थानीय चुनाव लड्न राजीनामा दिएकी शिक्षिका रेखा यादवलाई पुनः सो विद्यालयमा सोही पदमा हाजिर गराउंदा स्थानीय विद्यार्थीहरुले अभिभावकको सहयोगमा तालाबन्दी गरेका हुन ।
विद्यालयका प्रधानाध्यापक राजदेव यादव आर्थिक प्रलोभनमा स्वेक्षिक रुपमा राजीनामा दिएकी शिक्षिका यादवलाई हाजिर गराएको आरोप विद्यार्थीहरुले लगाएका छन ।
उनीहरुले शिक्षिका यादवलाई कामकाजबाट रोक्का गरी सो ठाउंमा प्रतिष्पर्धाका आधारमा अन्य शिक्षिका नियुक्त गर्नुपर्ने मांग अघि सार्दै माग गरेका छन ।
स्थानीय तहको निर्वाचनमा प्रा.वि. राहत तृतिय श्रेणीकी शिक्षिका रेखा यादव उपमेयर पदमा उमेदबार बन्न घरायसी कारण देखाई वैसाख ८ गते नै राजीनामा दिएका थिए । तर माओवादी केन्द्रबाट टिकट पाउन सकेनन् । निर्वाचन सम्पन्न भए लगतै पुनः सो विद्यालयमा सोही पदमा नियुक्त भई कामकाज गर्न खोज्दा विरोध जनाएको स्थानीय श्याम यादवले बताएका छन ।
उनले भने कुनै पनि शिक्षक स्वेक्षिक रुपमा राजीनामा दिइसकेपछि सो पद रिक्त हुन जान्छ सो पदमा पूर्ति गर्न विज्ञापन गरेर प्रतिष्पर्धाको आधारमा नयां भर्ना गर्नुपर्छ त्यसमा जो कोही पनि आउन सक्छ तर त्यस्तो नगरी आर्थिक चलखेलको आधारमा राजीनामा दिएकालाई नै नियुक्त गर्नु गलत हो ।
उता वडाध्यक्ष नन्दकिशोर यादवले विद्यालयमा प्रधानाध्यापक सहितका केही शिक्षकहरुले खुल्ला राजनितिक गरिरहेको कारण विद्यालयको पठन पाठनमा नकारात्मक प्रभाव परेको बताए ।
उनले भने विद्यालयमा दरबन्दी अनुसार शिक्षक छैन, विद्यार्थीहरुलाई अहिलेसम्म किताब दिइएको छैन भएका शिक्षकहरु पनि विद्यालयमा नआउंदा पठन पाठन नराम्री प्रभावित भएको कारण विद्यार्थी सहित उनका अभिभावहरुले वडा कार्यालयमा पटक पटक गुनासो गर्दै आएका छन ।
उनले भने ०७९ असार २ गते नागरिकको गुनासो तथा समस्या पहिचानको लागि राखिएको बैठकबाट राजीनामा गरिसकेकी शिक्षिका रेखा यादवलाई प्र.अ. राजदेव यादवले पुन हाजिरी गराइ कामकाजमा लगाएको जनगुनासो प्राप्त भएको आधारमा सो विषयमा आवश्यक छानवीन गरि कारवाहीको लागि नगरपालिकाको कार्यालयमा सिफारिस पठाइसकेको छु तर हालसम्म कुनै चासो लिएको छैन ।
शिक्षिका यादवको राजिनामा पत्रमा प्रधानाध्यापक राजदेव यादवले तोक लगाइएको अवस्थामा मिति ०७९ बैसाख ८ गते नै दर्ता गरिसकेको छ । मिति ०७९ बैसाख ९ गते देखि लागू हुने गरि प्र.अ. राजदेव यादवले राजिनामा स्वीकृत गरिएको मिति ०७९ बैसाख ९ गते पं.सं. २०७८/०७९ च. नं. ६२ को पत्र रेखा यादवको नाममा पठाएको देखिन्छ ।
यसैबीच जिल्ला शिक्षा विकास समन्वय इकाई धनुषाका प्रमुख युद्धप्रसाद शर्माले सो विद्यालयको विवाद बारे आफूलाई थाहा छ, तर राजीनामा स्वीकृत गरिएको भन्ने पत्र आफू कहाँ आइपुगेको छैन । राजीनामा स्वीकृत भएको एक महिनासम्म आफू कहाँ सम्बन्धित विद्यालयले पत्र नपठाउनु गलत हो, यस बारे बुझ्छु ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !