Friday, September 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

वैदेशिक रोजगारको प्रभाव, नेहाले गुमाईन ज्यान


वैदेशिक रोजगारको प्रभाव, नेहाले गुमाईन ज्यान

जनकपुरधाम, असार १२ गते । देशमा बेरोजगारीले जडो गाड्दै गएपछि आम जनताको लागि एउटै विकल्प छ वैदेशिक रोजगारी ।

वैदेशिक रोजगारीले आम जनताको जीवनमा परिवर्तनभन्दा पनि देशको ढृकुटीमा राजश्वले बढी फाइदा पुरयाउंदै आएको छ । जसको परिणाम देशको कुल बजेटमा अधिकांश श्रोत वैदेशिक रोजागरीबाट आएका रेमिन्टान्स हो ।

वैदेशिक रोजगारीले आम जनताको पेट पाल्न सहज पुरयाउंदै गएको कुरालाई नकार्न सकिदैन तर त्यसले उब्जाएको विकृतिको घटनाले समाजमा भयावह स्थिति श्रृजना गर्दै गएको छ । जसको प्रत्यक्ष उदाहरण हो जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी नेहादेवी साह । जसलाई गर्भवती अवस्थामै श्रीमानको शंकाले ज्यानै गुमाउनु परेको छ । करीब ५ वर्षअघि महोत्तरी जिल्ला गौशाला नगरपालिका २ निवासी उपेन्द्र साह सोनारकी छोरी निशा भनिने नेहा साहको जनकपुरधाम २१ कुर्था निवासी विसुनदेव साहसँग बिहेको भएको थियो ।

एक छोरा भएपछि विसुनदेव वैदेशिक रोजगार गए । वैदेशिक रोजगारीबाट गत तीन महिनाअघि फर्केको विसुनदेव र नेहाबीच विवाद हुँदै आएको थियो । स्थानीयका अनुसार नेहाको चरित्रमाथि शंका गर्दै विसुनदेवले नेहामाथि हिंसात्मक व्यवहार गर्दै झै झगडा कुटपिट गर्दै आएका थिए ।

श्रीमानको हिंसात्मक प्रताडनाबाट आजित भई नेहा एक महिनाअघि आफ्ना ४ वर्षिय छोरालाई लिएर माइत गौशाला गएर बस्न थालेकी थिइन । तीन दिनअघि विसुनदेवले नेहालाई अब केही गर्दैनौ भनी ललाई फकाई आफ्ना घर कुर्था ल्याएका थिए । तर ससुराली आएको तीन नबित्दै उनलाई ज्यान गुमाउनु परेको छ ।

नेहाका श्रीमान विसुनदेवका अनुसार आज बिहान चापाकल नजिक एक्कासी आफै ढलेपछि उपचारका लागि ल्याउंदा ल्याउंदै मृत्यु भएको छ । नेहालाई उपचारका लागि जानकी हेल्थकेयरमा ल्याउंदा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । नेहाको शरीरका केही भाग र घाँटीमा डाम देखिएको कारण हत्या गरिएको माइती पक्षले आरोप लगाउंदै आएका छन । मृतक नेहाका दाई बिजय साहले हिजो शनिवार बिहान बहिनी नेहाले आफूलाई कुटपिट गरेको फोन मार्फत जानकारी गराएकी थिईन बताएका छन ।

उनले भने विसुनदेव वैदेशिक रोजगारबाट आएदेखि नै बहिनी नेहाको चरित्रमाथि शंका गर्दै चरम शारिरीक यातना दिदै आएको थियो, त्यो सहन नसकेपछि आफूहरुलाई खबर गरेपछि त्यहाँबाट लगेका थियौ, एक महिना बित्न लाग्दा उनले अब केही नगर्ने राम्ररी राख्छु भनी हाम्रो घरबाट ल्यायो र आज त ज्यान नै लिएका छन ।

विजयले नेहाको हत्या गरिएको आरोप लगाउंदै घटनाको छानबीनका माग गरेका छन । उनले भने शरीरको केही भागमा निलडाम देखिएको कारण हत्या नै गरिएको हुन सक्छ । हाम्रो घरमा रहेको बेलासम्म केही भएन, यहाँ आएको तीन नबित्दै एक्कासी ढल्नु भनेको घटना रहस्यमय छ, सम्बन्धित निकायसँग सत्य तथ्य छानबीन गरी दोषीलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ ।

विजयले पोष्टमार्टमका साथ साथै बच्चा कसको हो भनी नेहाको पेटमा रहेको बच्चाको समेत डिएनए टेस्टको माग गरेका छन । उनले भने गर्भमा रहेका बच्चाको डिएनए गरिएन भने भोली मेरो बहिनीको चरित्रमाथि शंका कायमै रहनेछ र अपराधी उम्किन सक्छ ।

साथै उनले बिसुनदेवका दाई हुकुमदेव साह प्रहरीमा रहेको र निजकै मिलोमतोमा घटना सामसुम पार्ने वा मिलाउने हत्यालाई आत्महत्यामा परिणत गर्ने चलखेल भइरहेको आशंका समेत व्यक्त गरेका छन ।

यता मृतक नेहाका श्रीमान विसुनदेवले करिव चार वर्षको बैदेशिक रोजगार पछि आफु गत चैतमा घर आएको र नेहा आफुसंग नबस्ने भन्दै दैनिक घरमा तनाव र झैझगडा गर्ने गरेको घटना रहेको भन्दै नेहाको चरित्रमाथि शंका गरेका छन ।

उनले भने आफुसंग राम्रो सम्बन्ध नरहेको अवस्थामा केहि दिन अगाडि मात्र नेहाको पेटमा बच्चा रहेको सुन्दा आफुलाई आश्चर्य लागेपछि आफ्नो पीडा र समस्या सासु, ससुरा र जेठान सबैलाई सुनाएको भएपनि कसैले कुनै सुनुवाई नगरी तिनीहरुले यहाँबाट नेहालाई आफ्नो घर गौशाला लगेको थियो ।

करीब एक महिना राखेर तिनीहरु आफै गएको शुक्रवार नै हाम्रो घर कुुर्थामा राखिदियो । हामीबीच कुनै झै झगडा भएन आज बिहान एक्कासी चापाकल नजिक ढल्यो, हत्या गरिएको भन्ने आफूमाथि लगाइएको आरोप गलत रहेको विसुनदेवले दाबी गरेका छन ।

यसैबीच धनुषा प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रवीण बहादुर क्षेत्रीले भने चापाकल नजिक ढलेको भनेर कुर्थाबाट नेहालाई उपचारका लागि जानकी हेल्थकेयरमा ल्याइयो तर अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका छन ।

घटनामा माइती पक्षले नेहाको चरित्रमाथि शंका गर्दै ससुराली पक्षले हत्या गरेको आरोप लगाइरहेका छन भने भने विदेशबाट फर्केका विसुनदेवले आफूले हत्या नगरेका दाबी गरेका छन । घटनाको अनुसन्धान भइरहेको छ, पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै केही भन्न सकिनेछ हत्या हो कि मृत्यु उनले बताएका छन । साभार @ Ekagaj

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ असार १३, सोमबार २०:५२
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ असार १३, सोमबार २०:५२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ असार १३, सोमबार २०:५२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ असार १३, सोमबार २०:५२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ असार १३, सोमबार २०:५२
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७९ असार १३, सोमबार २०:५२

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव