जनकपुरधाम, असार ९ गते । भारत गौरव पर्यटकीय रेलबाट जनकपुरधाम आईपुगेका नेपाल र भारतलाई जोडने रामायण सर्किट यात्राका पर्यटकहरूलाई भव्य स्वागत गरिएकाे छ ।
मंगलवार भारतको दिल्लीबाट शुरु भएको १८ दिने रामायाण सर्किट यात्रामा रहेका सो रेल ४ सय ९९ यात्रु बोकेर बिहीवार पौने २ बजे अन्तराष्ट्रिय सीमा पार गरी जनकपुरधाम आइपुगेका हुन ।
भारतका विभिन्न क्षेत्रबाट रामायण सर्किट यात्रामा आएका पर्यटकहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुध्न महतोले संयुक्त रुपमा जनकपुरधाम स्थित रेलवे स्टेशनमा स्वागत गरेका छन ।

पर्यटकहरुलाई स्वागत गर्दै मुख्यमन्त्री राउतले भने मधेश प्रदेशका राजधानी जनकपुरधाम आइपुगेको रामायण सर्किट भारत गौरव पर्यटक यात्राले नेपाल–भारत बीच सम्बन्धमा नयाँ आयाम थपेको छ र यसले यहाँको विकासमा ठूलो टेवा पुग्नेछ ।
रामायण सर्किट यात्राले जनकपुरधाम पर्यटकीय क्षेत्रको विकास हुनुका साथै पर्यटकीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले भने जनकपुरधामको प्रचार प्रसारका साथै विश्वमा चिनाउने थप उर्जा प्रदान गरेको हो ।

यात्रामा आएका पर्यटकहरुले आफूहरु यात्राको क्रममा माता सीताको माइती जनकपुरधाम आउंदा निकै गौरवान्तित महसूस गरेको बताए । उनीहरुले हाम्रो यो रामायण सर्किट पर्यटकीय यात्राले नेपाल भारतबीचको सम्बन्ध अझ प्रगाढ भएको छ ।
ती पर्यटकहरुलाई मुख्यमन्त्री राउत र पर्यटन मन्त्री महतो सँगै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, उपमेयर किशोरी साह र होटल व्यवसायीहरुले गमछा ओढाएर स्वागत गरेका थिए ।

जनकपुरधाम पर्यटकीय यात्रामा आएका यात्रुहरु आज जनकपुरधाममा विश्राम गर्नेछ भने भोली धनुषाधाम स्थित धनुष मन्दिरको अवलोकन गर्दै भारतको सीतामढीतर्फ फर्किनेछ । ती यात्रुहरुको लागि प्रदेश सरकारले जानकी मन्दिरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ भने सांझ पख गंगा सागर पोखरीमा हुने गंगा आरतीमा सहभागी हुनेछ ।
रामायण सर्किट यात्रामा निस्केका सो पर्यटकीय रेल १८ दिने यात्राको क्रममा सीतामढीपछि भारतकै नन्दिग्राम, प्रयागराज, वनारस, ब्रम्हकेश्वर, चित्रकुट, पंचवटी (नासिक), बक्सर, कर्नाटकको हम्पी, अन्जनागिरी पर्वत, रामेश्वरम हुँदै भद्राचलम र कान्चीपुरम जस्ता प्रख्यात धार्मिक स्थलहरुको भ्रमण गर्नेछ ।

मंगलवार सांझ भारतको राजधानी दिल्लीमा रेल मन्त्री अश्वनी वैष्णवी, पर्यटन मन्त्री चड्ढा र भारतका लागि नेपालका राजदूतले संयुक्त रुपमा स्वागत गर्दै हरियो झण्डा देखाएर शुभारम्भ गरेका थिए । रामायण सर्किट यात्रामा सहभागी पर्यटकहरुबाट भारत सरकारले १८ दिनको यात्रामा खाना, आवास, पोशाक लगायतका खर्च वापति प्रति यात्रु ६२ हजार ८ सय ७० रुपैया लिएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !