जनकपुरधाम, असार १ गते । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट सार्वजनिक गरेको छ ।
बजेटमा मन्त्रालयगत अनुसार सबभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालय १८ अर्व ८ करोड ४५ लाख ६४ हजार रहेको छ भने सबभन्दा कम महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको ६१ करोड ९८ लाख विनियोजन गरिएको छ ।

प्रदेशको बैठकमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सार्वजनिक गरेको बजेटमा सामाजिक विकास मन्त्रालय ७ अर्व ८० करोड ९६ लाख, उद्योग, पर्यटन तथा वन मन्त्रालय ४ अर्व ८४ करोड ६४ लाख, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय २ अर्व ७४ करोड २५ लाख, खानेपानी तथा उर्जा विकास मन्त्रालय १ अर्व ६८ करोड ८६ लाख र गृह तथा सञ्चार मन्त्रालय ६४ करोड ३३ लाख २० हजार विनियोजन गरिएको छ । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका लागि रु १ अर्ब ७३ कोड ९३ लाख ९१ हजार, अर्थ मन्त्रालयका लागि रु २४ करोड ९० लाख ४५ हजार, कानून न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयका लागि रु ५ करोड ३३ लाख २८ हजार र बाणिज्य आपूर्ती तथा विज्ञान प्रविधी मन्त्रालयका लागि रु २ करोड ६० लाख १४ हजार बजेट विनियोजन गरिएको छ ।
त्यस्तै प्रदेश जनलोकपाल आयोगको संस्थागत सुदृढिकरण र क्रियाशिलता बनाउन रु ४ करोड ९७ लाख, प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि २ अर्ब ३५ करोड, प्रदेश भित्रका स्थानीय तहको वितिय हस्तान्तरणका लागि ३ अर्ब ८७ करोड रुपैया विनियोजन गरिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !