काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९–८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको संघीय बजेट संसदमा पेस गरेका छन् ।
यसमध्ये चालु खर्च ७ खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ र पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ रहेको छ । बाँकी वित्तीय व्यवस्था शीर्षक अन्तर्गत विनियोजन भएको छ ।
उनले सामाजिक सुरक्षा भत्ता पाउनेको उमेर ७० बाट ६८ वर्षमा झारेका छन् । कर्मचारी, सेना, प्रहरी, शिक्षकको तलब १५ प्रतिशतले बढाएका छन् ।
यस आवमा सरकारले स्रोत जुटाउन राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ । २ खर्ब ५६ आन्तरिक ऋण उठाउने भनेको सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने छ । त्यसपछि बाँकी स्रोत पूर्तिका लागि २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने अर्थमन्त्री शर्माले जानकारी दिए ।
सरकारले चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !