काठमाडौ, आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड रुपैया विनियोजन गरेको छ ।
आइतबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शमालेउद्योग वाणिज्य तथा आपूर्तिका लागि उक्त बजेट बिनियोजन भएको जानकारी दिनुभएको हो ।
बजेट मार्फत सरकारले विदेशी लगानीको न्युनतम सीमा पुनरावलोकन गरी रु २ करोड रुपैयाँ कायम गरिएको छ भने उत्पादनमूलक र निर्यातजन्य उद्योगमा वैदेशिक लगानी र गैर आवासीय नेपालीको लगानी भित्र्याइने अर्थमन्त्री शर्माले बताउनुभयो ।
त्यस्तै उहाले औद्योगिक पूर्वाधार तयार गर्न ३ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो । उहाले ठूला तथा मझौला उद्योगले स्टार्ट अपलाई सहयोग गर्ने व्यवस्था मिलाइने र मासिक १० करोड विद्युत खपत गर्ने उद्योगलाई २ देखि १० प्रतिशतसम्म सहुलियत दिइने बताउनुभयो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !