जनकपुरधाम, जेठ ६ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार नगरप्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन ।
प्रमुखमा कांग्रेसका जित नारायण यादव ३ हजार १०८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका रामचलितर यादवले २ हजार ७६० मत ल्याएका छन् भने राप्रपाका जेकसन हमाल ठकुरीले २ हजार ६७० मत पाएका छन् ।
त्यस्तै, निवर्तमान मेयर रामबाबु यादव १ हजार ३२३ मत ल्याएर छैठौं स्थानमा रहेका छन् । जसपाले टिकट नदिएपछि लोसपामा प्रवेश गरेका निवर्तमान मेयर यादवले आफ्नो जमानत समेत जोगाउन सकेकाे छैन ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकै तुलसा कुमारी पाण्डेय निर्वाचित भएकी छिन् । उनले ३ हजार २८३ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालकी गणिता कुमारी महतोले २ हजार ४२९ मत ल्याएकी हुन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !