जनकपुरधाम, जेठ ६ गते । धनुषाको मिथिला नगरपालिकामा मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
मेयरमा कांग्रेसका महेन्द्र महतो निर्वाचित भएका हुन् भने उपमेयरमा नेकपा एमालेकी सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छन् ।
मेयर पदमा निर्वाचित महेन्द्र पुर्व डिएसपी हुन ।
महतो ७ हजार ३१ मत ल्याएर निर्वाचित भएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी एमालेका राजा राम महतोले ६ हजार ९४० मत ल्याए ।
यस्तै उपमेयरमा बुढाथोकी ७ हजार ४१४ मत ल्याएर निर्वाचित भएकी छन् भने उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी निर्मला कोइरालाले ६ हजार ७३५ मत ल्याइन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !