जनकपुरधाम, जेठ ५ गते । धनुषाको शहीदनगर नगरपालिकामा जनता समाजवादी पार्टीका मेयर र नेपाली कांग्रेसका उपमेयर निर्वाचित भएका छन्।
मेयरमा जसपाका दिनेशप्रसाद यादव निर्वाचित भएका हुन् । उनले ५ हजार ७४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुधीर कुमार गोईतले ४ हजार १०५ मत पाए।
नगरपालिकाका निवर्तमान मेयर नेकपा माओवादी केन्द्रका उदय कुमार यादवले ४ हजार ७७ मत ल्याए। दिनेश २०७४ काे निर्वाचनमा उदय विजयी भएका थिए भने दिनेश तेश्राे स्थान ल्याएका थिए ।
उपमेयरमा कांग्रेसकी सुनिताकुमारी सिंह निर्वाचित भएकी छन्। उनले ४ हजार ९३१ मत ल्याइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी जसपाकी लक्ष्मीनिया कुमारी मण्डल ४ हजार ७९१ मत ल्याइन्।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !