जनकपुरधाम, जेठ ५ गते । महोतरीको एकडारा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेद्वार भारी मतको मतान्तरले निर्वाचित भएको छ ।
अध्यक्षमा दिपनारायण मण्डल २ हजारभन्दा बढी भारी मतान्तरले र उपाध्यक्षमा मजहवी खातुन २६१० मतको मतान्तरले निर्वाचित भएको हो । दिपनारायणले ४४९९ मत ल्याएर निर्वाचित भएका हुन भने उनका निकटतम प्रतिद्वन्दी लोसपाका रामछबीला साहले मात्र २४११ मत ल्याएका छन ।
साह निर्वतमान अध्यक्ष हुन उनी यसअघि राजपाबाट निर्वाचित भएका थिए । सो बेला मण्डल निकटतम प्रतिद्वन्दी थिए ।
त्यस्तै उपाध्यक्षमा मजहवी खातुनले ४६७१ मतको अग्रताले निर्वाचित भएकी हुन भने उनका निकटतम प्रतिद्वन्दी लोसपाकी सौकसाल खातुनले मात्र २०७६ मत ल्याउन सकेकी छिन ।
सो गाउंपालिकाको वडा नं. १, २, ३ र ६ जसपा र ४, ५ लोसपाका उम्मेद्वार निर्वाचित भएका छन ।
वडा नं. १ मा मनोज मण्डल, २ मा शखिचन्द्र यादव, ३ रामबिलास राय, ४ मा जीवछ यादव, ५ मा सेराजुद्दीन अंसारी र ६ मा श्याम चौधरी निर्वाचित भएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !