जनकपुरधाम, जेठ ४ गते । डा. सिके राउत नेतृत्वले जनमत पार्टीले मधेश प्रदेशमा दुईवटा पालिका जितेर विजयी शुरूवात गरेका छन ।
बुधवार सम्पन्न मतगणनाबाट सपतरीकाे हनुमाननगर कंकालिनी नगरपालिका र बलान बिहुल गाउंपालिकामा जनमतले जित हात पारेका छन ।
हनुमाननगर कंकालिनी नगरपालिकामा जनता समाजवादी पार्टीलाई पराजित गर्दै मेयर पदमा जनमत पार्टीका उम्मेदवार विरेन्द्र माझी विजयी भएका हुन् ।
उनले २३९ मतको अन्तरले मधेश प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा तथा निवर्तमान मेयर शैलेश कुमार साहलाई पराजित गरी विजयी भएका छन ।
माझीले ६४०७ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी साहले ६२४६ मत प्राप्त गरेका छन् । त्यस्तै सप्तरीकै बलान–विहुल गाउँपालिका अध्यक्षमा जनमत पार्टीले जित हात निकालेको छ।
बलान–विहुल गाउँपालिकाको अध्यक्षमा जनमत पार्टीका खेमचन्द्र यादव २१ मतकाे मतान्तरले निर्वाचित भएका हुन्।
खेमचन्द्रले १ हजार ८५३ मत ल्याउँदा अरुणले १ हजार ८३२ मत प्राप्त गरेका छन्।
बलान–विहुल गाउँपालिकाको उपाध्यक्ष पनि जनमत पार्टीले नै जितेको छ। जनमत पार्टीकी रेणु यादव उपाध्यक्षमा निर्वाचित भएकी छन्।
रेणुले १ हजार ६०६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रिताकुमारी यादवले १ हजार ५८४ मत प्राप्त गरेकी छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !