जनकपुरधाम, जेठ ३ गते । धनुषाको धनौजी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् ।
अध्यक्षमा राजकुमार साहले २ हजार २६२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका जीवेन्द्र झाले २ हजार १६३ मत ल्याएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए ।
यस्तै उपाध्यक्षमा कांग्रेसकै रामबति देवी मण्डल निर्वाचित भएकी हुन् । उनले २ हजार ४३० मत ल्याएकी हुन् भने उनको निकटतम प्रतिद्वन्दी लोसपाकी रंजिता देवी मण्डलले १ हजार ९०१ मत ल्याएकी हुन् ।
यस्तै वडा नं. १ बाहेक ४ वटा वडामा कांग्रेसकै वडाध्यक्ष निर्वाचित भएका छन् । वडा नं. १ मा लोसपाको प्यानल विजयी भएको हो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !