जनकपुरधाम, जेठ ३ गते । जनता समाजवादी पार्टी (जसपा)ले धनुषामा एक पालिका जितेर पहिलाे खाता खलेकाे छ ।
जिल्लाका अन्य पालिकाहरुको मतगणना भइरहेको वेला जसपाले जनकनन्दनी गाउँपलिकाको अध्यक्ष पद जितेका हुन ।
जसपाबाट जनकनन्दनी गाउँपलिकाको अध्यक्ष पदका उम्मेदवार दिपेन यादव विजयी भएका हुन ।
यादव तीन हजार एक सय ५७ मत ल्याएर विजयी भएका छन भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार सुदेश कुमार चौधरीले दुई हजार ७ सय ७८ मत ल्याएकाे निर्वाचन अधिकृत ठुलबाबु दाहालले जानकारी दिएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !