जनकपुरधाम, जेठ ३ गते । धनुषाको विदेह नगरपालिकामा नेपाल कम्युनिष्ठ पार्टी (एमाले) बाट निर्वतमान मेयर बेचन दास पुन: दाेश्राे कार्यकाल मालका लागि निर्वाचित भएको छ ।
नेकपा एमालेबाट मेयर पदका उम्मेदवार बेचन दास र उपमेयरमा आशा देवी झा निर्वाचित भएकी हुन् ।
एमालेका दासले ४ हजार ४ सय १२ मत ल्याए विजयी भएका छन भने उनका निकटत्तम प्रतिद्वन्दी नेकपा कम्युनिष्ठ पार्टी (एकिकृत समाजवादी)का राजकिशोर यादव (रोहिता) ले ३ हजार ४ सय २६ मत ल्याएका थिए ।

त्यसैगरी उपमेयरमा एमालेबाट आशादेवी झाले ४ हजार ६ सय ५९ मत प्राप्त गरेर विजयी भएकी छिन् भने उनका निकटत्तम प्रतिद्वन्दी सञ्जना अधिकारीले २ हजार ८ सय २७ मतमै सिमिति हन पुगिन् ।
यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा दास नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । तर नेकपाबाट माओवादी अलगिएपछि दासले एमाले रोजेका थिए ।
एकिकृत समाजवादीका राजकिशोर यादव (रोहिता) र सञ्जना अधिकारीले एमालेका बेचन दास र आशादेवी झालाई फूलमाला लगाएर बधाई तथा शुभकामना दिएका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !