जनकपुरधाम, जेठ ३ गते । धनुषाको औरही गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिका अध्यक्ष पदमा उमाशंकर प्रसाद साहले ३३२६ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका ब्रहमदेव यादव २९२३ मत ल्याएका हुन् ।
यस्तै उपाध्यक्षमा एमालेकै पुनम कुमारी साह २९४९ मत ल्याएर विजयी भएकी हुन् भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसकी रिंकि कुमारी मण्डल २७९० मत ल्याएकी हुन् ।
यस्तै वडा नं. १ मा कांग्रेसका आशेश्वर यादव, २ मा किसुन यादव, ३ मा गंगा प्रसाद यादव, ४ मा जीनीस लाल मण्डल, ५ मा जसपाका सरोज कुमार मण्डल र ६ मा शंकर प्रसाद साह निर्वाचित भएका हुन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !