जनकपुरधाम, जेठ ३ गते । धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकामा नेपाली कांग्रेसकै अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् ।
गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भोगेन्द्र झा ३७६५ मत ल्याएर विजयी भएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका डा. सत्रुधन यादव ३४९७ मत ल्याएका छन ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै फुलकुमारी यादवनी विजयी भएकी हुन् । उनले ३६२८ मत ल्याएकी हुन् भने उनका निकटतम प्रतिद्वन्दी जसपाकी विमला कुमारी यादवले ३४६० मत ल्याए ।
यस्तै ७ वटा वडामध्ये ५ वटा वडामा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका हुन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !