Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

निर्वाचनकाे क्रममा मधेशमा दिनभर : मतपेटिका लिएर भाग्नेदेखि गाेली फायरसम्म


निर्वाचनकाे क्रममा मधेशमा दिनभर : मतपेटिका लिएर भाग्नेदेखि गाेली फायरसम्म

जनकपुरधाम, वैशाख ३० गते । देशभर सहित मधेश प्रदेशमा शान्तिपुर्ण रूपमा सम्पन्न भएपनि केही जिल्लामा गाेली फायरदेखि मतपेटिक लुटनेसम्मकाे कार्य भएकाे छ ।

मतदानको क्रममा मधेस प्रदेशको पांच जिल्लामा गोली चलेको छ । धनुषा, महोत्तरी, सर्लाही, रौतहट र पर्सामा गोली चलेको हो ।

धनुषा प्रहरीका अनुसार जिल्लाको शहीदनगर नगरपालिका–१ स्थित कुम्भकर्ण प्रावि मतदान केन्द्रमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो । मतदान खसाल्ने विषयमा विवाद भएर झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिएका छन ।

त्यस्तै, महोत्तरीको बलवा नगरपालिकामा पनि गोली चलेको छ । स्थानीय तहको निर्वाचनअन्तर्गत भइरहेको मतदानको क्रममा जिल्लाको बलवा नगरपालिका–५ को मतदानस्थलमा एक उम्मेदवारले मतपत्र च्यात्दा भएकाे विवादमा प्रहरीले एक राउण्ड गोली प्रहार गरेको हो । बलवा–५ स्थित मनसिव महाविर आधारभूत विद्यालयमा गाेली फायर भएकाे हाे ।

सर्लाहीको धनकौलमा पनि गोली चलेको छ । स्थानीय तह निर्वाचनअन्तर्गत मतदान सुरु हुनु अगावै कार्यकर्ताबीच झडप हुन थालेपछि प्रहरीले ६ राउन्ड गोली प्रहार गरेको हो । 

धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलमा सुरक्षाकर्मीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । सर्लाहीकै बसबरिया गाउँपालिकामा समेत झडप भएको छ ।

उता मतदानको क्रममा मधेस प्रदेशको चार जिल्लामा गोली चलेको छ । यहाँको धनुषा, महोत्तरी, सर्लाही, रौतहट र पर्सामा गोली चलेको हो । धनुषाको शहीदनगर नगरपालिका–१ स्थित कुम्भकर्ण प्रावि मतदान केन्द्रमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो । मतदान खसाल्ने विषयमा विवाद भएर झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । विवाद भएर केही समय रोकिएको मतदान पुनः सुरु भएको थियो । 

त्यस्तै, महोत्तरीको बलवा नगरपालिकामा पनि गोली चलेको छ । स्थानीय तहको निर्वाचनअन्तर्गत भइरहेको मतदानको क्रममा जिल्लाको बलवा नगरपालिका–५ को मतदानस्थलमा विवाद हुँदा प्रहरीले एक राउण्ड गोली प्रहार गरेको हो ।

बलवा–५ स्थित मनसिव महाविर आधारभूत विद्यालयमा रहेको केन्द्रमा जनता समाजवादी पार्टीबाट वडा नं. ५ का उम्मेदवार धमेन्द्र यादवले रुजु गर्नका लागि राखिएको मतदाता नामावली च्यातिएपछि विवाद भएको थियो ।

विवादले उग्ररूप लिने देखिएपछि भिडलाई तितरवितर गर्न सुरक्षाकर्मीले एक राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । उता सर्लाहीको धनकौलमा पनि गोली चलेको छ । स्थानीय तह निर्वाचनअन्तर्गत मतदान सुरु हुनु अगावै कार्यकर्ताबीच झडप हुन थालेपछि प्रहरीले ६ राउन्ड गोली प्रहार गरेको हो । 

धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलमा सुरक्षाकर्मीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । त्यस्तै, सर्लाहीकै बसबरिया गाउँपालिकामा समेत झडप भएको छ ।

उता रौतहटको फतुवा विजयपुर नगरपालिकामा मतदानका क्रममा विवाद भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नु गरेको छ ।

फतुवा विजयपुर–२ सितलपुरमा कांग्रेसका वडाध्यक्ष उम्मेदवार भविखन यादवले नक्कली मतदाता खडा गरेर मतदान गर्न ल्याएको भन्दै झडप भएको थियो । अवस्थालाई साम्य पार्न प्रहरीले ५ राउन्ड हवाई फायर गरेका रौतहटको प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । 

रौतहटै गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा मतदानको क्रममा झडप भएको छ । लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा झडप भएको हो ।
दुई पक्षबीच मतदानकै क्रममा विवाद भएपछि झडप भएको हो । झडपमा अहिलेसम्म १५ जनाको टाउको फुटेको बताइएको छ ।

साे जिल्लाकाे गढीमाई नगरपालिका २ र ३ मा झडप भइरहेको कारण त्यहाँ तत्काल मतदान स्थगित भएको छ । त्यस्तै बौधिमाई नगरपालिकामा पनि एक स्थानमा विवाद भएको कारण मतदान स्थगित भएको थियाे भने यमुनामाई नगरपालिका २ भडियाहीकाे एक मतदान केन्द्रबाट स्थानीयले मतपेटिका लिएर नै भागेका थिए ।

पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर–१ मिर्जापुरमा ४ राउण्ड हवाई फायर भएको थियो । सत्ता गठबन्धनमा आबद्ध दल र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो ।

दुई पक्षले ढुंगा हानाहान गरेर स्थिति तनावपूर्ण बनेपछि ४ राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रमेश बस्नेतले जानकारी दिए ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा अर्कैको नाममा मत हालिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित ग्रामिण विकास प्रशिक्षण केन्द्रको मतदान केन्द्रमा फर्जी मत खसाइरहेको अवस्थामा २० वर्षीय अमलेश सदा पक्राउ परेका छन ।

त्यस्तै, सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित एक मतदान केन्द्रमा स्थगित भएको निर्वाचन आगामी जेठ १ गते हुने भएको छ । डाक्नेश्वरी नगरपालिका–२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिका तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि निर्वाचन स्थगित भएको थियो ।

७० प्रतिशत मतदान
सम्पन्न मतदानमा मधेश प्रदेशमा ७० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । यहाँको सर्लाहीमा सबैभन्दा बढी ७२, महोत्तरी, बारा तथा पर्सामा ७०/७० प्रतिशत, धनुषामा ६६, रौतहट र सिरहामा ६५ प्रतिशत मत खसेको हो । 

प्रदेशका केही जिल्लाका मतदान स्थलमा विवाद हुँदा मतदान नै स्थगित समेत गर्नु परेको छ । निर्वाचन आयाेगले बारामा ४, राैतहटमा ३ र सप्तरी १ वटा मतदान स्थलमा विवादका कारण मतदान स्थगित गरिएको मतदान अधिकृत सरोज कुमार चौधरीले जानकारी दिए । 

त्यस्तै, रौतहटको ३ वटा मतदानस्थलमा मतदान स्थगित गरिएको मतदान अधिकृत छोटेलाल दासले बताए । उनका अनुसार रौतहटको बौधीमाई नगरपालिका–२ स्थित इनरवारी प्रावि मतदान केन्द्र, बौधीमाई कंकालिनी मतदान केन्द्र र गरुडाको शंकर प्रावि मतदान केन्द्रको मतदान स्थगित गरिएको छ । 

त्यस्तै, सप्तरीको एक मतदानस्थलको मतदान स्थगित गरिएको मतदान अधिकृत रमेशकुमार जोशीले बताए । उनका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ को एक मतदान स्थलमा मतदान स्थगित गरिएको हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७९ असार १३, सोमबार १५:१३
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७९ असार १३, सोमबार १५:१३
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७९ असार १३, सोमबार १५:१३
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७९ असार १३, सोमबार १५:१३
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७९ असार १३, सोमबार १५:१३
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०७९ असार १३, सोमबार १५:१३

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव