जनकपुरधाम, बैशाख ३० गते । महोत्तरीको बलवा नगरपालिकामा पनि विवाद हुंदा गोली चलेको छ ।
शुक्रवार स्थानीय तहको निर्वाचन अन्तर्गत भइरहेको मतदानको क्रममा जिल्लाको बलवा नगरपालिका वडा नं. ५ को मतदानस्थलमा विवाद हुँदा प्रहरीले एक राउण्ड हवाई फायर गरेका छन ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बलवा–५ स्थित मनसिव महाविर आधारभुत विद्यालयमा रहेको केन्द्रमा जनता समाजवादी पार्टीबाट वडा नं. ५ का उम्मेदवार धमेन्द्र यादवले रुजु गर्नका लािग राखिएको मतदाता नामावली च्यातेपछि होहल्ला हुंदा भिडलाई तितरवितर गर्नका लागि सुरक्षाकर्मीले एक राउण्ड हवाई फायर गरेको बताए ।
केही बेर मतदान स्थगित भएपनि अहिले विवाद साम्य भई मतदान जारी रहेकाे छ । विवाद अहिले समाधान भएर मतदान भइरहेको उनले बताए ।
यस्तै जिल्लाको बाँकी मतदानस्थलहरुमा अहिलेसम्म शान्तिपूर्ण रुपले मतदान भइरहेको उनले जानकारी दिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !