जनकपुरधाम, बैशाख ३० गते । स्थानीय तहको निर्वाचन अन्तर्गत भइरहेको मतदान धनुषामा केही स्थानबाहेक शान्तिपूर्ण रुपले भइरहेको छ ।
बिहान ७ बजेदेखि शुरु भएको मतदानमा साढे ३ बजेसम्ममा करीब ६० प्रतिशत धनुषामा भएकाे छ भने हावाहुरी र वर्षाकाे कारण ३ बजेदेखि मतदान कार्य राेकिएकाे धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जनाएकाे छ ।
उनले भने हावाहुरी आउनुअघि ३ बजेसम्म करीब ६० प्रतिशत मतदान भइसकेकाे छ । तर हावाहुरी र तेज वर्षाका कारण अहिले राेकिएकाे छ ।
मतदान प्रभावित भएकाे हुंदा समयसम्मका लागि समय बढाउने बारे अधिकृत प्याकुरेलले भने त्याे माथिबाट निर्देशन आएपछि मात्रै केही भन्न सकिन्छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !