जनकपुरधाम, वैशाख ३० गते । सर्लाहीको धनकौलमा गोली चलेको छ ।
स्थानीय तह निर्वाचन अन्तर्गत सर्लाहीको धनकौल गाउँपालिकामा प्रहरीले ६ राउन्ड गोली प्रहार गरेका छन् ।
राजनैतिक दलका नेता कार्यकर्ताबीच झडप हुन थालेपछि प्रहरीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलमा सुरक्षाकर्मीले हवाई फायर गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले धनकौलमा स्थिती नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको जानकारी दिए । राजनीतिक दलका कार्यकर्ताहरुबीच ढुंगा हानाहान समेत भएको छ ।
विवाद भएको मतदान स्थलमा केही बेरसम्म मतदान हुन सकेको थिएन पछि सेनाले साे मतदान केन्द्र नियन्त्रणमा लिई मतदान सुचारू भएकाे थियाे । राजनीतिक दलहरूबीच छलफलपछि सेनाकाे नियन्त्रणमा मतदान सुचारू भएकाे प्रवक्ता बुढाथोकीले जानकारी दिए । त्यस्तै सर्लाहीकाे बसबरियामा विवाद उत्पन्न भई झडप भएकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !