जनकपुरधाम, वैशाख २७ गते । आसन्न स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मनोज चौधरी र सत्तारुढ गठबन्धन जनता समाजवादी पार्टी (जसपा) का लालकिशोर साहबीच कडा प्रतिष्पर्धाको सम्भावना देखिएको छ ।
निर्वाचनको मौन अवधिको पुर्व सन्ध्या मंगलवार सांझसम्मको जनसमर्थन र विभिन्न सांगठनिक तालमेल अनुसार लोसपाका चौधरी नै अग्रस्थान रहेको आंकलन गरिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पार्टीका उम्मेदवार मनोज चौधरी अग्रस्थान रहेको दाबी गरिएपनि सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार लालकिशोर साह पनि जित्न सक्ने सम्भावनालाई नकार्न सकिदैन ।
प्रतिष्पर्धामा अग्रस्थानमा रहेका लोसपाका उम्मेदवार चौधरीलाई वैश्य समाज, पार्टीको सागठनिक मत र उनी विगतमा आबद्ध विभिन्न संघ संस्थाका सहयोग अनुसार अग्रस्थानमा स्थानीय बुुद्धिजीवीहरुको आंकलन छ । हुनत लालकिशोर साहसँग मुस्लिम समुदाय तथा पार्टीको मत अनुसार प्रतिष्पर्धामा रहन सक्ने कुरा स्थानीयहरुको बुझाई छ ।
पछिल्लो स्थानीय तहमा भारी मतले चुनाव जितेका तात्कालिन राष्टिूय जनता पार्टी हालको लोसपा रहेकोले उपमहानगरपालिकामा मजबूत संगठनको रुपमा रहेको दाबी गरिदै आएको छ । पछिल्लो निर्वाचनभन्दा अझै संगठन विस्तार भएकोले लोसपा जनकपुरधाम उपमहानगरमा अन्य दलभन्दा मजबूत स्थितिमा रहेको लोसपाका नेता कार्यकर्ताहरुको दाबी छ ।
विचार र अधिकारको लागि संघर्षरत रहेको कारण स्थानीय जनताको साहनुभुति र संगठनको सक्रियताले लोसपाका नगर अध्यक्ष समेत रहेका उम्मेदवार चौधरीको कडा प्रतिष्पर्धामा प्रबल दाबेदार रहेको अहिलेसम्म देखिएको वैश्य समाजाबाट आबद्ध एक प्रतिनिधिले भनाई छ । उनले भने चुनाव छ जे पनि हुन सक्छ तर वैश्व समाजको सहयोग चौधरीसँग रहेकाले जित्न पनि सक्छ । हुनत निवर्तमान मेयर लालकिशोर पनि प्रतिष्पर्धामा रहने अहिलेसम्मको रुझानले देखाएको छ ।
जनकपुरधामका मतदाताहरु मधेशी जनताको हकहितको लडने लोसपा नै रहेको र लोसपाप्रति माहौल बन्दै गएकोले अहिलेसम्म आफूहरुको अवस्थामा मजबूत रहेको लोसपाका एक नेताले दाबी गरेका छन । वैश्य समुदाय मात्र नभई मुस्लिम समुदाय समेतको उम्मेदवार चौधरीप्रति सहयोगको माहौल बन्दै गएको छ । यसका साथै अन्य जातिको पनि चौधरीप्रति सहानुभुति बढदै गएकोले प्रतिष्पर्धामा अगाडि रहेको छ ।
जनकपुरधाम वडा नम्बर ११ का नाम नबताउने शर्तमा एक स्थानीयले भने लोसपाका उम्मेदवार मनोज चौधरी चार÷चार कार्यकाल बस व्यवसायी संघ, ग्यास व्यवसायी संघको अञ्चल समितिको समेत सफल नेतृत्वको अनुभव बोकेका व्यतिm हुन भएकोले जनकपुरधामको मेयरका लागि उनी नै उपयुक्त रहेको जनताले बुझ्दै गएको छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतो पनि प्रतिष्पर्धामा देखिएको छ । उनी विकासको नारा मात्र होइन सेवाको भाव लिएर समेत चुनावी मैदानमा उत्रेका छन । उनले आफूले जनकपुरधाम क्षेत्रमा गरेको कार्यको मूल्यांकन जनताले गर्ने भनी मत मांग्दैछन ।
यी तीनजना प्रतिष्पर्धी बाहेक स्वतन्त्रबाट मनोज साह, जानकीराम साह, तमलोपाबाट विभा ठाकुर र जनमतबाट अनितादेवी साह सहित अन्य ३८ जना थप उम्मेदवार छन । यी उम्मेदवारहरु मध्ये मनोज कांग्रेसका बागी उम्मेदवार हुन भने, तमलोपाकी विभा ठाकुर मधेशकै प्रभावशाली नेतृ हुन । नेतृ ठाकुर विगतका मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरी छुट्टै पहिचान बनाउन सफल भएकी हुन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !