जनकपुरधाम, वैशाख २५ गते । आउंदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ मा नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार घर घर गएर मत माग्नमा व्यवस्त देखिएका छन ।
उनी मतदाताहरुसँग आफू निर्वाचित भए वडाको सर्वांगिन विकास र वडावासीलाई सहज रुपमा सेवा प्रदान गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन् ।
आइतवार आदर्श नगरमा घरदैलो कार्यक्रमको क्रममा नारायणले आफू निर्वाचित हुँदा मिसन र भिजनका साथ वडाको विकास गर्नुका साथै भ्रष्टाचारमुक्त वडा बनाउने, सरकारी विद्यालयलाई उच्च शिक्षास्तरको बनाउने प्रतिबद्धता जनाए ।
उनले वडाभित्रको मठमन्दिर, पोखरी, मस्जीद सौन्दर्यीकरण गर्ने, प्राथमिक स्वास्थ्यचौकी तथा बर्थिङ सेन्टर बनाउन पहल गर्ने, सार्वजनिक जग्गालाई भूमाफियाबाट संरक्षण गर्ने, वडाबासीको एक एक समस्यालाई समाधान गर्ने, लामखुट्टे रहित वडा बनाउने लगायतका प्रतिबद्धता समेत जनाए ।
उनले उपमहानगरको प्रमुख समस्या फोहोर नै रहेकाले यसको व्यवस्थापनका लागि पहल गर्नुका साथै बृद्धभत्ता, एकल महिला भत्ता समयमै उपलब्ध गराउने बताए ।
बेरोजगारीलाई न्यूनीकरण गर्नका लागि वडास्तरमा विभिन्न प्रकारको शिपमुलक तालिमको आयोजना गर्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !