जनकपुरधाम, बैशाख २४ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ मा विकासको लहर ल्याउने वडाध्यक्ष पदका उम्मेदवार नारायण प्रसादले बताएका छन् ।
शनिबार ब्रहमपुरीमा घरदैलो मा पुगेका नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दिएका नारायणले वडाबासीबाट साथ र सहयोग पाइरहेकाले निर्वाचित भएको पहिलो वर्षदेखी नै वडामा विकास निर्माणको काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनलेडाको हरेक टोलमा समान किसिमले व्यवहार गर्दै शिक्षा, स्वास्थ लगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता समेत जनाएका छन ।
नारायणले वडामा अग्रजको आशीर्वाद आफ्नो पक्षमा रहेकोले आफुलाई जिताउनका लागि स्थानीयहरु समेत प्रचारप्रसारमा लागेको बताए ।
निर्वाचनको अब ६ दिन मात्र बाँकी रहेको छ । मौन अवधि सुरु हुनुभन्दा पहिला सम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएकाले उम्मेदवारहरु अहिले चुनावी प्रचारमा लागेका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !