जनकपुरधाम, वैशाख २४ गते । धनुषाको शहीद नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार सुधिर गोइतले नगरपालिकामा व्याप्त भ्रष्टाचार अन्त्य र समग्र विकास गर्ने प्रतिबद्धता जनाएका छन ।
शुक्रवार शहीदनगर नगरपालिका वडा नम्बर २ चोरा कोयलपुरमा घरदैलो कार्यक्रमको क्रममा उम्मेदवार गोइतले आफू निर्वाचित भएपछि पालिकामा व्याप्त भ्रष्टाचार र समग्र विकास प्राथमिकतामा रहने मतदताहरुसँग प्रतिबद्धता जनाएका हुन ।
उम्मेदवारले विगतदेखि नगरभित्रका सरकारी कार्यालय, निजी कार्यालयमा व्याप्त रहेका छन । कुनैपनि कार्य गराउन घुस दिनैपर्ने बाध्यता रहेको छ, विकास निर्माणसँग सम्बन्धित अधिकांश काम कागजमै सम्पन्न व्यापक अनियमिता भएको छ । ती भ्र्रष्टाचार चक्रलाई तोडन तथा भ्रष्टाचार अन्त्य गर्न कडा निगरानी, प्रत्येक कार्यालयमा सिसिटीभी जडान, विज्ञ सहितको विशेष फोर्स गठन लगायताक कार्य अघि बढाउनेछु । यसका साथै पछिल्लो कार्यकालका मेयरले गरेको भ्रष्टाचारको समेत फाइल खोलेर कारवाहीको दायरामा लग्ने भने ।
उनले मतदाताहरुसँग प्रतिबद्धता जनाउंदै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, नगरको सौन्दर्यकरण, भ्रष्टाचार अन्त्य, पालिका भित्रका धार्मिक सम्पदाहरुको संरक्षण, महिला तथा बालबालिकाको व्यवस्थापनको लागि उचित सीप र शसक्त बनाउन विभिन्न कार्यक्रम संचालन र दैवी प्रकोप जोखिम व्यवस्थापन लगायतका कार्यहरु आफू निर्वाचित भएपछि गर्ने भने । उम्मेदवार गोइतले पालिकाभित्रका सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा, भौतिक संरचना निर्माण, नियमित पठनपाठनको वातावरण, गरीब तथा विपन्न वर्गका छात्रछात्राहरुलाई उच्च शिक्षासम्म निशुल्क व्यवस्था तथा प्राविधिक शिक्षामा जोड दिने बताए ।
उनले आफू जितेपछि नगरवासीलाई उचित स्वास्थ्य व्यवस्थाका लागि डुमरिया स्थित निर्माणधिन जिल्ला अस्पताल यथाशिघ्र संचालन, पायक पर्ने ठाउँमा बर्थिंग सेन्टर संचालन तथा व्यवस्थापन, निशुल्क औषधि र स्वास्थ्य चेकजाँच तथा नगरभित्रका संचालनमा रहेका स्वास्थ्य केन्द्रहरुमा दक्ष चिकित्सकको व्यवस्था सहितको व्यवस्थापन समेत गर्ने प्रतिबद्धता जनाए । त्यस्तै कृषितर्फ समयमै आवश्यक मलखाद्य तथा विउवीजनका उपलब्धताका लागि पहल तथा समन्वय, सिचाईका लागि बोर्डिंग तथा खेतसम्म पानी पुग्ने गरी नालाकुलोको व्यवस्था, कृषि बजार र आधुनिक खेतीको विकास गर्ने भने ।
सो घरदैलो कार्यक्रमको क्रममा उपमेयरका उम्मेदवार सुनिता सिंह आफू निर्वाचित भएपछि नगरपालिकामा सामाजिक न्यायको व्यवस्थापन, प्रत्येक विद्यालयमा छात्राका लागि सिनेटरी प्याड चेन्ज गर्ने छुटै कक्ष तथा शैचालयको निर्माण गर्ने प्रतिबद्धता जनाईन ।
उनले भनिन् भ्रष्टाचार अन्त्य गर्न उपमेयरको अधिकार क्षेत्रभित्र पर्ने प्रत्येक योजनाको अनुगमन तथा निरिक्षण इमान्दारिताका साथ गर्नेछु । गरीब, दलित र विपन्न वर्गको आय आर्जनका लागि साना व्यवसाय संचालन गर्न सहुलियत ऋण तथा अनुदानको व्यवस्था गर्नुका साथै बालविकास शिक्षक तथा कर्मचारीलाई नेपाल सरकारले तोके बमोजिमको १५ हजार तलब तथा सामाजिक सुरक्षा सुरक्षा भत्ता समयमै उपलब्ध गराउनेछु ।
घरदैलो कार्यक्रमको क्रममा वडा अध्यक्ष र सदस्य सहित दर्जनौ नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । पालिकामा अब परिवर्तन आउंछ भन्ने आशमा उम्मेदवार गोइत र सिंहलाई बुढापाकाहरुले विजयीको आग्रिम शुभकामना दिएका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !