जनकपुरधाम, वैशाख २३ गते । यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ का उम्मेदवार नारायण प्रसाद साहलाई जिताउने अभियानमा स्थानीय जुटेका छन् ।
नेकपा एमालेबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका साहलाई जिताउनका लागि स्थानीयहरु अभियान नै सञ्चालन गरेका छन् ।
सोही अभियान अन्तर्गत शुक्रवार उम्मेदवार नारायणको नेतृत्वमा स्थानीयबासीहरुले थापा चौक तथा वरिपरिका क्षेत्रमा घरदैलो गर्दै मत मांगेका हुन् ।

वडाध्यक्ष पदका उम्मेदवार नारायणले विगतमा चुनिएका जनप्रतिनिधिले वडामा खासै केही गर्न नसकेपछि वडाबासीहरु आफुलाई जिताउनका लागि अभियान नै सञ्चालन गरेको बताए ।
उनले आफू निर्वाचित भएपछि वडाको हरेक टोलमा विकासको अभियान नै सञ्चालन गर्ने बताए । घरदैलो कार्यक्रमको क्रममा उनले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आफु पदमा नहुँदा समेत यहाँका समाजका लागि काम गर्दै आएको र पदमा आइसकेपछि वडाबासीका लागि थप काम गर्न पाउनेभएकाले स्थानीयहरुकै आग्रहमा उम्मेदवारी दिएको बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !