जनकपुरधाम, वैशाख १९ गते । धनुषाको लक्ष्मीनिया गाउ पालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट अध्यक्ष पदका उम्मेदवार डा. शत्रुधन यादवले गाउको समग्र विकासका साथ आफनो चुनावी अभियान अन्र्तगत घर दैलोलाई तिव्रता दिएका छन ।
सोहनीमा आफनो चुनावी अभियान अन्र्तगत चुनावी प्रचारप्रसार गर्दै आएका यादवले भ्रष्टाचार मुक्त सुशासन सहित समग्र विकासको लागि आफुले उम्मेदवारी दिएको बताए ।
उनले स्वाथ्यको विकासको लागि आफुले विगतमा धेरै काम गरेको बताए । डा. यादवले गाउपालिकामा विगतमा विकासै नभएको र जसपाको तर्फबाट अध्यक्ष निर्वाचित भएपछि गाउपालिकामा विकास भएको बताउदै थप विकासको लागि आफुले उम्मेदवारी दिएको बताए ।

डा. यादवले अब गाउँपालिका तथा स्थानीयको विकासका लागि दिर्घकालिन विकासका योजनाहरु लिएर नयाँ भिजनका साथ जनता सामु उनीहरुको आग्रहमा सेवा शासक होइन नोकरको रुपमा आएको भनी एक अवसर दिन आग्रह गरे ।
समृद्ध र सुन्दर लक्ष्मिनिया गाउँपालिका सांस्कृतिक तथा कृषि पर्यटन, प्रकृतिमैत्री उद्योग, फोहोरको दीगो व्यवस्थापन, सरसफाईलाई प्राथमिकता, वृक्षारोपण तथा हरियाली पार्कहरु निर्माण गर्ने, शान्ति र सुरक्षा गाउँको आकांक्षा सुरक्षा निकायहरुलाई सशक्त बनाउँदै टोल सुधार समितिहरु गठन गरी शान्ति र सुरक्षाकालागि स्थानिय तहबाट नै सुधारका कार्यक्रमहरु बढाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले जनता विकास चाहेको र जसपाले विकास दिने प्रतिवद्धता गरको बताउदै विगतमा जसपा जितेको यस पालिकामा भएको विकासलाई फेरि निरन्तरता दिनको लागि नै आफुले उम्मेदवारी दिएको बताए । चुनावी अभियानमा जसपाका नेता महाजन यादव,शेष नारायण यादव,राम गोविन्द यादव, देवेन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !