जनकपुरधाम, बैशाख २१ गते । आसन्न स्थानीय तहको निर्वाचनको तयारीको क्रममा घर दैलोमामा धनुषाको हंसपुर नगरपालिकाको मेयर पदका उम्मेदवार रामज्ञान मण्डलले नगर विकासका अधूरा काम पूरा नयाँ कार्य कार्यान्वयनका लागि आफूलाई पुनः मतदान गर्न मतदातासँग आग्रह गरेका छन् ।
रहेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवार रहेका मण्डलले यसअघि पहिलो कार्यकालमा आफूले तयार पारेको विकासको खाका अनुसार काम सम्पन्न गर्न बांकी रहेकोले त्यसलाई पुरा गर्न सहयोग गर्न मतदाताहरुलाई पुनः मतदान गर्न आग्रह गरेका हुन् ।
बुधबार हंसपुर नगरपालिका–७ नौवाखोर प्रसाहीमा घरदैलोमा पुगेका मण्डलले नगरको दिर्घकालिन विकासका लागि यसअघिको कार्यकालमा बनाइसकेको र केही काम सुरु पनि भईसकेकाले ती कामहरु सम्पन्न गर्नकै लागि आफूले पुनः उम्मेदवारी दिएको बताए ।
उनले भने ‘जनताको सेवामा आफु सधै लाग्नेछु, आफुले वाचा गरेका कुरा पुरा गर्नेछु, बोलेर होइन काम गरेर देखाउँछु ।’ राजनीतिलाई सेवाको रुपमा लिने निर्वतमान मण्डल भन्छन् ‘म जनताको सेवाका लागि आएको हुँ, म जनताको सेवक हो ।’
मण्डलले आफूले हंसपुरको समस्या नजिकबाट बुझेको र त्यसलाई समाधान गर्नसक्ने क्षमता आफूमा रहेको दावी गरे । उनले आफ्नो पछिल्लो कार्यकालमा हंसपुर नगरपालिकालाई चिनाउने काम गरेको र अब बाँकी रहेका योजनाहरुलाई पुरा गर्दै जनताको शिक्षादेखि रोजगारसम्मको नितीगत विकासका योजना कार्यान्वयनमा ल्याउने प्रतिबद्धतासमेत जनाए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !