जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आगामी स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी जनता समाजवादी पार्टीसँग पनि गठबन्धन हुन सक्ने बताएकी छिन ।
शुक्रवार जनकपुरधाम स्थित विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री यादवले भनिन् जनता समाजवादी पार्टीले कुनै पनि दलसँग स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न तयार छ, तर गठबन्धनको सरकारमा रहेकाले परिस्थति हेरेर अघि बढनेछ ।
उनले आफ्नो पार्टी गठनबन्धन सरकारमा रहेकाले विभिन्न परिस्थितीलाई मध्यनजर गर्दै गठबन्धन अनुसार अघि बढ्नेछ तर आवश्यकताको हिसाबमा जसपाले लोसपा सँग पनि गठबन्धन गर्न सक्नेछ बताईन । मन्त्री यादवले स्थानीय तहको निर्वाचनमा सबै पालिकामा गठबन्धन हुन नसकेपनि आवश्यकता अनुसार विभिन्न दलसँग समन्वय र गठबन्धन गर्ने हाम्रो पार्टीको निती रहेको छ ।
पछिल्लो तिक्ताको अवस्थामा लोसपासँग गठबन्धन सम्भव छ भन्ने जिज्ञासामा उनले राजनीतिमा हरेक थोक सम्भव छ, राजनीतिमा कोही दुश्मन हुँदैन, विचार निमल्दा कसैसँग तिक्ता हुन सक्छ, तर नियत सफा र विचार मिलेपछि पुनः एकठाउँमा बस्ने परिस्थिति आउंछन यो कुनै नौलो कुरा होइन, आवश्यकता अनुसार विचार मिलेपछि स्थानीय तहमा लोसपासँग गठबन्धन हुन सक्छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !