जनकपुरधाम । “म १० वर्षे युद्ध लडेर आएको मान्छे हुँ, संघ सरकार सँग भिडन्त गर्न तयार छौं” मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले चेतावनी दिएका छन ।
बुधबार जनकपुरमा प्रदेश सरकार तथा जनप्रतिनिधिसंग सूचनाको हक सम्बन्धी कार्यशालामा प्रदेश प्रहरी हस्तान्तरण बारे बोल्दै मन्त्री साहले यस्तो चेतावनी दिएका हुन ।
उनले भने संघीय सरकारले प्रदेशलाई प्रहरीको अधिकार हस्तान्तरणमा आनाकानी गर्दै आएकोले हामी सवोच्चसम्म पुगिसक्यौ, अब त भिडन्तै गर्ने अवस्था आइसकेको छ । उनले थप्दै भने सर्वोच्च अदालतका न्यायधिशले स्थानीय तहको निर्वाचनको लागि कुनै फैसला गर्न सकेको छैन, आफूपनि निर्वाचन व्यस्त भएकोले यो निर्वाचन सकिए लगतै प्रदेश प्रहरी भर्नाको विज्ञापन गर्नेछौं ।
प्रदेश सरकारले मन्त्रिपरिषदको बैठकबाट निर्णय गराएर सय÷दुई सय भएपनि विज्ञापन गर्नेछ, सो विज्ञापन विरुद्ध संघ सरकारलाई सर्वोच्चसम्म पुग्ने निश्चित नै छ । यदि सर्वोच्च अदालतले भर्ना प्रक्रियामा रोक लगायो भने भिडन्त गरेर पनि जहाँ जहाँ संघ सरकारको प्रहरी इकाई त्यही गएर सामान्तर इकाई स्थापना गर्नेछौं आफूलाई कसैको डर छैन, आफू १० वर्ष लडेर आएको मान्छे हु चेतावनी मन्त्री साहले दिए ।
उनले भने, ‘संघीय सरकारले प्रदेश प्रहरी हस्तान्तरण तथा भर्नामा बेवास्ता गर्दा आफूहरुले ठोस निर्णय गर्न कर्मचारीहरु भन्दा टेर्दै टेर्दैन, एउटा टिप्पणी पनि उठाउन मान्दैन । कर्मचारीहरु पनि के गरोस् आखिर संघ सरकार मातहतका नै हुन, उनीहरुलाई सरुवा बढूवाको चिन्ता भएको कारण संघ सरकारसँग टसनै लिन मान्दैनन् ।
एक अर्को प्रसंगमा उहाँले भन्नु भयो सूचनाको हक सबै नागरिकको अधिकार भएकोले प्रदेश सरकारमा पनि चाँडै व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भयो ।
त्यस्तै कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता मिश्रले उपमहानगरमा नगर प्रमुखको सूचनाको हक प्रभावकारी हुन नसकेको बताउंदै भनिन् यसका लागि आफूपनि लड्दै नै आएको छु, यसमा सबैले सहयोग गर्न जरुरी छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य मञ्जु यादव, रानीशर्मा तिवारी र वडाध्यक्षहरु जानकीराम साह, सुदर्शन सिंह, परमेश्वर साह लगायतका वक्ताहरुले पनि सूचनाको हकको बारेमा आ आफ्ना धारणा राखेका थिए । कार्यक्रमका सहयोगी संस्था नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झाले सूचनाको हक बारे आफ्ना प्रस्तुति गरेका थिइन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !