जनकपुरधाम, चैत १५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका दुईवटा स्थानीय तहमा छापा मारेको छ ।
अख्तियारको केन्द्रीय कार्यालय र मधेस प्रदेशको कार्यालय बर्दिबासको संयुक्त टोलीले सोमबार पर्साको जगरनाथपुर र सर्लाहीको कौडेना गाउँपालिका कार्यालयमा छापा मारेको अख्तियारको बर्दिबास कार्यालयले जनाएको छ ।
कोरोनाकालमा खाद्यान्न सहितको अन्य राहत सामाग्री खरीदको नक्कली बिल बनाएरर भ्रष्टाचार गरेको भन्ने अख्तियारमा उजुरी परेपछि छानबीनका लागि अख्तियार टोली त्यहाँ पुगेको जनाइएको छ । अनुसन्धानका लागि ती स्थानीय तहको केही फाइल नियन्त्रणमा लिइएको अख्तियारले बताएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !