जनकपुरधाम, चैत १५ । करीब डेढ वर्षपछि किनेर थन्किएर राखिएको जयनगर जनकपुरधाम (कुर्था) रेल अन्ततः शनिवार उद्घाटन हुने भएको छ ।
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार चैत १९ गते दिल्लीबाट रेलको भर्चुअल उद्घाटन गर्ने नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताएका छन ।
फागुन १ गतेदेखि किनिएको रेल थन्किएर बिग्रिन थालेको भन्ने चौतर्फी आलोचना हुन थालेपछि बिना यात्रुको “ड्राई रन” को रुपमा संचालन नियमित रुपमा संचालन हुँदै आएको छ । हुनत ड्राई रन रेल संचालनमा मासिक ३० लाख रुपैया खर्च हुँदै आएको छ ।
कम्पनीका महाप्रबन्धक झाले रेल सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन् । उनले भौतिक पुर्वाधार पहिला नै तयार भइसकेको छ, कर्मचारी व्यवस्थापन पनि पछिल्लो अध्यादेश अनुसार पछिल्लो महिना नै ज्यालादारी नियुक्त गरिसकिएको छ ।
रेल सञ्चालनकै लागि गत चैत ८ गते राष्ट्रपति कार्यालयबाट रेलवे अध्यादेश जारी भइसकेको छ । झाले भने कानून नभएपनि पछिल्लो जारी अध्यादेशलाई नै टेकेर रेलको उद्घाटन गर्न लागिएको हो । उद्घाटन भएपछि रेल जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दूरीमा यात्रु बोकेर चल्ने छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !