जनकपुरधाम । अपहरित एक बालिकालाई धनुषा प्रहरीले २४ घण्टा नबित्दै सकुशल उद्धार गरेकाे छ ।
बिहीवार सांझ करीब ७ बजे जनकपुरधामको पुल्चोकबाट आफ्नै घर नजिकबाटअपहरणमा परेकी ४ वर्षिया बालिकालाई प्रहरीले शुक्रवार दिउंसाे करीब ५ बजे धनुषाको बिदेह नगरपालिका वडा नम्बर ८ बफैबाट अपहरणमुक्त गराएकाे हाे ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ पुल्चोकका ध्रुव मण्डलको ४ वर्षीया छोरीलाई घरमा खेल्दै गर्दा अपहरण गरिएको थियो । अपहरणकारीले शुक्रबार बिहान फरक–फरक नम्बरबाट फोन गरी १५ लाख फिरौती माग गरेका थिए ।
प्रहरीले अपहरणमा संलग्न एक महिला सहित ४ जनालाई पक्राउ समेत गरिएकाे प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिएका छन ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दिपक राय नेतृत्वको टोलीले बालिकालाई अपहरण मुक्त गराइएको र अपहरणकारीलाई पक्राउ गर्न प्रहरीले ४ राउण्ड हवाई फायर गरेको प्रहरी उपरीक्षक रजौरेले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !